
काठमाडौं । डिसहोम फाइबरनेटले इन्टरनेटका विभिन्न वार्षिक योजनामा भारी छुट प्रदान गरेको छ । अफरअन्तर्गत अब नयाँ ग्राहकले ५० एमबिपिएसको वार्षिक प्याकेज छ हजार छ सय ८५ रुपैयाँमा जडान गर्न सक्नेछन् । साथै वार्षिक प्याकेज जडान गर्दा फाइभ-जी (डुअल ब्यान्ड) राउटर पनि सित्तैमा पाउनेछन् । यसअघि यही ५० एमबिपिएसको वार्षिक प्याकेजको सात हजार सात सय ९९ रुपैयाँ थियो ।
शानदार १२ महिने अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबिपिएसदेखि तीन सय एमबिपिएससम्मका प्याकेज जडान गर्न सक्नेछन् ।
ग्राहकहरूले ५० एमबिपिएसदेखि दुई सय ५० एमबिपिएससम्मको वार्षिक प्याकेज जडान गर्दा फाइभ-जी राउटर पाउनेछन् भने तीन सय एमबिपिपएसको प्याकेज लिने ग्राहकले वाईफाई-६ राउटर पाउनेछन् ।
यसअघि कम्पनीले जारी गरेको फेस्टिभ २४ महिने अफरलाई भने निरन्तरता दिएको छ । ५० एमबिपिएसको २४ महिने अफरको मूल्य १० हजार चार सय ९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच