इलाम । ताप्लेजुङमा पक्राउ परेका कार्यकर्ता रिहाइको मागसहित पहिचान पक्षधर समूहले गरेको बन्दका कारण मेची राजमार्ग आज बिहानैबाट ठप्प भएको छ ।
‘कोशी’ नामविरुद्ध आन्दोलन गरिरहेको ‘प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण मङ्गलबार बिहानैदेखि मेची राजमार्गमा यातायात ठप्प भएको हो ।
दुई दिनअघि ताप्लेजुङमा नेकपा (एमाले) सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराई सवार सवारी साधनमा तोडफोड गरेको अभियोगमा प्रहरीले दुई जना पहिचानवादी कार्यकर्तालाई पक्राउ गरेको थियो । पक्राउ परेका कार्यकर्ता बिना सर्त रिहाइको माग गर्दै राजमार्ग बन्दको घोषणा गरिएको छ ।
बन्दका कारण मेची राजमार्गको झापा-इलाम, इलाम- फिदिम र फिदिम-ताप्लेजुङ सडक खण्डमा बिहानैदेखि यातायातका साधन चलेका छैनन् । बन्द कर्ताको अवरोधका कारण इलामको जिरो किलोमिटरलगायतका क्षेत्रमा यातायातका साधन रोकिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच