मकवानपुरबाट कटुवा पेस्तोल र गोली बरामद

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र गोली बरामद गरेको छ। प्रहरीले राक्सिराङको वडा नम्बर १ दुंगुखोलाबाट दुईवटा गोलीसहित एक थान कटुवा पेस्तोल बरामद गरेको हो ।

एक जना व्यक्तिले स्थानीयको पसलअगाडि कटुवा पेस्तोल देखाउँदै हिँडेको भन्ने खबर स्थानीयले दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरी आउने चाल पाएपछि उक्त व्यक्ति पेस्तोलसहितको गोली छोडेर फरार भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले उक्त पेस्तोल र गोली बरामद गरेको हो । प्रहरीले फरार व्यक्तिको खोजीकार्य जारी राखेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?