जुम्लामा राष्ट्रिय प्रशारण लाइन विस्तार गर्न प्राधिकरण लागि परेको छ : कार्यकारी निर्देशक घिसिङ

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीका पाँच वटा जिल्लामा थप राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न नेपाल विद्युत प्राधिकरण लागि परेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भएकाे छ ।

प्राधिकरणको आयोजनामा मंगलबार जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रस्तावित दैलेख-कालिकोट-जुम्ला १३२ केभी प्रशारण लाइन तथा जुम्ला १३२ केभी सबस्टेशन निर्माण र जुम्ला तथा आसपासका जिल्लाहरुमा विद्युतीकरण विस्तार सम्बन्धमा छलफल कार्यक्रममा बोल्दै निर्देशक घिसिङले यस्ताे बताउनुभएकाे हाे ।

'जुम्लामा राष्ट्रिय प्रशारण लाइनको विस्तार भई सकेको छ । अब नियमित रुपमा विद्युत सेवा प्रवाह गर्न अति आवश्यक रहेको छ । यहाँको विद्युत क्षेत्रमा भइरहेका गतिविधि बारे जानकारी लिन जुम्ला पुगेको छु ।' कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, 'जुम्लासम्म थप १३२ केभी प्रशारण लाइन विस्तार गर्न प्राधिकरण रातदिन लागि परेको छ । यहाँका उपभोक्ताले केही बर्षपछि ढुक्कसँग विद्युत बाल्ने छन् ।'

हाल निर्माणधिन सुर्खेत-दैलेख १३२ केभी प्रशारण लाइनको काम हुँदै गरेको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । जुम्लामा सबस्टेशन निर्माण हुने ठाउँ तथा सबस्टेशनसंग जोडिने लाइनहरु र प्रशारण लाइन तथा सबस्टेशन निर्माण गर्नुको उद्देश्य र महत्त्वबारे कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

जुम्लाका संघीय सांसद ज्ञानबहादुर शाहीले जुम्लाको विद्युत विस्तारलाई दिर्घकालिन समयसम्म निर्माण गर्न प्राधिकरण गम्भीरतापूर्वक भएर काम गर्न जरुरी रहेको बताउनुभयो । हाल राष्ट्रिय प्रशारण लाइन जिल्लामा पुगेको पनि उपभोक्तालाई सहज सेवा दिन नसकेको शाहीकाे भनाइ छ । अब छिटोभन्दा छिटो जुम्लासम्म १३२ केभी प्रशारणलाईको विस्तार कार्य अगाडि बढाउन प्राधिकरणलाई ध्यानाकर्षण गरेको सांसद शाहीले बताउनुभयाे ।

कर्णालीमा उर्जा क्षेत्रमा लगानी गर्ने निजी क्षेत्र देखि विभिन्न दातृ निकायलाई सांसद शाहीले अनुरोध गर्नुभयो । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गैरीनन्द आचार्यले नाम मात्रको विद्युत भएकोले नियमित रुपमा विद्युत सेवा प्राधिकरणले दिन नसकेको बताउनुभयो ।

जुम्लाका आठवटै स्थानीय तहका गाउँ गाउँसम्म राष्ट्रिय प्रशारण लाइन अझैसम्म पुग्ने नसकेको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतको भनाइ छ । प्राधिकरणको केन्द्रीय कार्यालयको टीमसंग वैकल्पिक उर्जा केन्द्र र एसियाली विकास बैंकका प्रतिनिधिहरुले जुम्लाको उर्जा क्षेत्रमा लगानी र सम्भावना बारे यहाँका सरोकारवालासंग छलफल गरेका थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?