दमक । मित्र प्रधान (नर)को निर्देशनमा बन्न लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को छायांकन सुरु गरिएको छ । सोमबार दमकस्थित पशुपतिनाथ मन्दिरमा शुभमुहूर्त गर्दै सोही ठाउँबाट छायांकन सुरु गरिएको हो । चलचित्रको मुहूर्तभन्दा अगाडि निर्देशक प्रधानले पूर्वको भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गर्नुभएको थियो । सो अवसरमा पूर्वराजाले चलचित्रलाई शुभकामना दिनुभएको थियो ।
पद्मा ईश्वर ईन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्रमा विल्सन विक्रम राई, रोशन श्रेष्ठ, बुद्धि तामाङ, विजय बराल, आयुषा समाल, सञ्जित भण्डारी, मेग सुवेदी, नारायण खातीलगायतको अभिनय छ । चलचित्रले विदेशमा रहेका नेपालीको मुद्दालाई उठाउनेछ । शिवम् अधिकारीको लेखन रहेको चलचित्रको पाँचथर, झापा, सिक्किम, म्यानमार, देहरादून, क्यानडा, अमेरिकामा छायांकन हुने निर्माणपक्षले जनाएको छ ।
निर्देशक प्रधानकै कथा रहेको चलचित्रमा दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन र समीर मियाँको भीएफयक्स रहनेछ । चलचित्रको मुख्य सहायक निर्देशकमा रामबाबु खड्का रहनुभएको छ भने कला निर्देशक रोशन रम्तेल दिवाना र निर्माण नियन्त्रकमा सुमन काफ्ले हुनुहन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच