असल मान्छेले अरूलाई दुःख नदिइकन आफ्नो काम साध्छ भन्छन् । मध्यम मान्छेले आफू दुःखमा नपरिकन अरूबाटै आफ्नो काम गराउँछन् । निम्नस्तरका मान्छेले आफ्ना सुखका लागि देश, घर, परिवार, कुल, घरान सबै पोलेर आफ्नो सुख सुविधा जुटाउँछ भन्छन् । पुराणमा यस्ता पात्र धेरै देखिन्छन् । हला नामको एउटा दानव थियो उसले विष्णुलाई मार्नका निमित्त वायुमण्डलमा विष फैलायो र अब विष्णु मर्छ भनेर बाटो पनि हेर्न नपाउँदै आफ्ना कर्तुतको सिकार आफैं भयो । यसका कारण के थियो भने ऊ आफैं त्यो विषको नजिकमा थियो र पहिलो सिकार पनि भयो ।
विष्णुको भक्ति गर्न नदिनका निमित्त उसकै दाजु हिरण्यकशिपुले आफ्नै छोरो प्रहृलादमाथि गर्नु नगर्नुको अचाक्ली गरेको थियो । अर्को व्यक्ति हो कंस । यसले बहिनी पुर्याउन जाँदा आजका कम्युनिष्ट समान् उत्ताउला देवपक्षले गरेको आकाशवाणीबाट तर्सेर आफ्नै जनकलाई कारागारमा बन्दी बनाएर छ-छवटा जन्मनेबित्तिकैका भान्जा मारेको थियो । अझ अर्को व्यक्ति थियो दुर्योधन जसले गरेका सबै कुकृत्यको वर्णन गर्दा एक लाख श्लोक भएको महाभारत बनेको थियो । यस्तै खालको एउटापात्र आत्मदेव र सुशीलाको भनिएको धुन्धुली पुत्र धन्नुकारी पनि थियो ।
देउवामा शक्ति, सत्ता रठूलो बन्ने भोक दिनप्रतिदिन बढ्दै जान लागेका बेलामा नै यिनका गुरु गिरिजाप्रसाद कोइराला र पछिल्ला गुरु किसुन्जीका बीचमा चलेको भित्री अन्तद्र्वन्द्वका कारणले यिनको भाग्योदय भएर यी अमेरिकन खेमाका काखमा सुत्न पुगे ।
आत्मदेव र सुशीलालाई ज्युँदै आगामा डढाएर मारेथ्यो । यो क्रम सत्ययुगदेखि कलियुगसम्म व्याप्त भएको देखिन्छ । अमेरिकाले हुर्काएको ओसामा बिन लादेन अमेरिकाको शिरदर्द भएको थियो भने कांग्रेस आइकी इन्दिरा गान्धीले हुर्काएको सन्त जर्नेल सिंह भिन्द्रावाले भारतमा पनि देखिएको हो रउसका कृत्यका सम्बन्धमा पनि सबै नेपालीले बुझेका छन् । वर्तमान नेपालमा पनि यस्तै पात्र देखापरेका छन् । आज म यिनै नेपाली पात्रका सम्बन्धमा आफ्नो लागेपुगेसम्मका कुरा गर्छु ।
खड्गप्रसाद शर्मा ओली
खड्गप्रसाद शर्मा ओली साधारण ब्राहृमण परिवारमा जन्मेर सानैमा आमा गुमाएको र बाबुले अर्की ल्याएपछि घरमा अपहेलित भएर झापाका रामनाथ दाहालका घरमा सानोतिनो काम पनि गर्ने र उनैले खोलेका गुरुकुलमा पढ्ने पनि गर्दै हुर्केका व्यक्ति हुन् । सानामा माया ममता र स्नेहसद्भावको अनुभव नगरेका व्यक्ति रुक्षस्वभावका हुन्छन् भनेर मनोविज्ञानले भन्छ । जुन बेलासम्म आफू शक्तिशाली भएको अनुभव यिनले गर्दैनन् त्यो बेलासम्म यिनीहरू चिड्चिडो स्वभावका कुनै अम्मलमा लाग्ने र हठी एवं बैगुनीजस्ता देखिन्छन् । जुन दिन यस्ता मान्छेले धनबल, जनबल, पद, प्रतिष्ठाका बलले अब मलाई माथि पुर्यायो भन्ने अनुभव गर्छन् अनि आफ्नै सगोत्री, नातागोताका र सरसंगतका मान्छेलाई सिध्याउनेतिर लाग्छन् ।
राधाकृष्ण मैनालीले ओलीका बारेमा बताएका कुरा सुन्दा मनोविज्ञानको अभिघात सिद्धान्तले वर्णन गरेका कुरा उनमा कणकण सबै चरितार्थ भएको देखिन्छ । धर्मप्रसाद ढकालको हत्यादेखि माधव नेपाल, घनश्याम भुसाल आदिको वनवासमा पनि यो कुरो लागू हुन्छ । लग्भग दुई तिहाइ बहुमतको सरकारप्रमुख बनेर दलको, देशको जनताको र व्यवस्थाको हित गर्नुभन्दा आफू हिटलर बन्ने सोच उनमा विकास भयो । पक्षान्तरबाट हेर्दा ओली नेपाली कम्युनिष्ट आन्दोलनका हिटलरी अवतार नै भएर रहने देखिन्छन् ।
उनी टुट्छन् तर झुक्दैनन् । दम्भ र बतुरे स्वभावका कारणले उनी २०० वर्षको परिपक्व हुँदा पनि छिचरा कुराबाहेक वजनदार कुरा गर्लान्जस्तो पनि देखिँदैन । एमालेलाई इतिहासमा बद्नाम र गुमनाम पनि यिनले गराएर छाड्छन् । अहिले यिनको दब्दबा चलेका बेलाका कारणले सबै ओली बा राजनेता भनेर बरबराएको सुनिए पनि हिजोको एमालेको सांगठनिक सबलतामा बिस्तारै खिया लाग्न थालेको देखिन्छ । निहित स्वार्थ नभएका पढेलेखेका विवेकशील आइडियल वाम ओलीसित छैनन् । यो पार्टीको भविष्यका निमित्त अत्यन्त दुःखद कुरो हो । जी हजुरबा मात्रले गोलखाडीमा हाल्छन् सगरमाथाको यात्रा गराउँदैनन् भन्ने त एर्साद, इन्दिरा, हिटलर, नेपोलियन, महेन्द्र र ज्ञानेन्द्रका इतिहासले मात्रै होइन स्वयं ओलीका वर्तमानले पनि बताएकै छ चेतना भए ।
शेरबहादुर देउवा
यिनी सुदूरपश्चिम नेपालको डाडेलधुरा (लोकबोली) जिल्लाको दक्षिणी भेकमा पर्ने दुर्गम रुवा खोला भन्ने ठाउँमा जन्मेका गरिब, अशिक्षित नेपाली छेत्री परिवारका मान्छे हुन् । यद्यपि पूर्वी नेपाल र पश्चिमी नेपालको सर्वसामान्य नेपाली मनको कुरो गर्दा पूर्वी नेपालका क्षेत्री बाहुनका छोरा घरमा खान नपुग्ने भए पनि अनेक खण्डखाद्य गरेर कसैका घरमा भान्से लागेर, गोठालो बसेर, सहरतिरका माडवारी पसलको काम गरेर प्रेस आदिमा ज्यामीको काम गरेर पनि पढ्छन् र आफूलाई अनन्य सावित गर्न निरन्तर लाग्छन् तर पश्चिम, सुदूरपश्चिमका नेपालीहरू आफ्नै घरबाट यथेष्ट रसदपानी निकाल्नसक्ने छैनन् भने कालो अक्षर भैंसी बराबर बनेर रहेका हुन्छन् ।
यसरी हेर्दा यिनको परिवार खानपिउन पाउने नै देखिन्छ किनभने यिनी पढ्न काठमाडौंसम्म आए । सानैदेखि ठूला मान्छेका संगतमा परेका हुनाले र घरका (आफूबाहेक) सबै अशिक्षित पनि रहेका कारणले यिनका मनमा असन्तोष र इष्र्याभाव पैदा भएको थियो । यिनी नेपाल विद्यार्थी संघको अध्यक्ष बन्दा पनि ठूलाको आशीर्वादबाट बनेका हुनाले र ठूलाकै आशीर्वादबाट अध्ययनका निहुँमा नेपालमा राजनीतिक संकट भएका बेला बेलायत बसेर नपढी मोजमस्ती गरेर आउँदा पनि ठूलाकै आशीर्वादबाट गृहमन्त्री बनेर गुल्छर्रा उडाउने मौका पाए । यसरी यिनमा शक्ति, सत्ता रठूलो बन्ने भोक दिनप्रतिदिन बढ्दै जान लागेका बेलामा नै यिनका गुरु गिरिजाप्रसाद कोइराला र पछिल्ला गुरु किसुन्जीका बीचमा चलेको भित्री अन्तद्र्वन्द्वका कारणले यिनको भाग्योदय भएर यी अमेरिकन खेमाका काखमा सुत्न पुगे ।
‘भाग्यं फलति सर्वत्र नविद्या न चपौरुषम्’ भनेजस्तै गरी यिनलाई भाग्यको फलले अन्धो, विवेकविहीन, जुम्सो र सत्ताको बकुल्लो बनाएको देखिन्छ । अब यिनले श्रीमती बचाउन आफ्नो आजसम्मको सारा यश, धन, जन, पदप्रतिष्ठा दाउमा राख्नुपर्ने दिन नजिकै आएको देखिन्छ । पृथ्वीनारायण शाहका उत्तरवती गद्दीनसीन राजाहरू सबै विवेकहीन, विलासी, अबुझ भएका हुनाले १०४ वर्ष यिनीहरू खोपाका देउता बनेका थिए । २००७ सालको नेपाली कांग्रसका क्रान्तिले यिनलाई राजकीय महिमामण्डित बनाएको थियो । खोरमा थुनिएका बाघलाई बाहिर निकालेपछि त्यही मान्छेलाई बाघले भने झैँ ‘नेपाली कांग्रसलाई गुनले गुन खान्छ म तँलाई खान्छु’ राजाले पनि भनेको हुनाले राजाको आजको हविगत गराएको हो ।
नेपाली कांग्रेसको प्रजातन्त्र, समाजवाद, राष्ट्रियता र विश्वभ्रातृताका साथै मध्यवर्तीधारलाई परित्याग गरेर वर्तमान नेका सभापतिले राणा एवं शाहका बुद्धिहीन कृत्यका मार्गमा लगेर घूस, टिकट बिक्री, खेमाबन्दी, चाकरी, रुखमा भोट हाल्नेलाई कारबाहीचाप्लुसी र भाइभारदारतन्त्र जस्तै क्षेत्रीतन्त्र चलाएर कांग्रेसको चरित्र धुमिल बनाउने दुश्चेष्टा यिनले पनि गरे । सभापति र प्रधानमन्त्रीका आसनमा बसेपछि समग्र कार्यकर्ता नेता र शुभेच्छुकलाई आफ्नै परिवारको सदस्य ठान्ने विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहको श्वेतचरित्र र परम्पराको मार्गलाई कालो र कन्टकाकीर्ण बनाए ।
दुर्गालाई ओली र पुष्पकमल दाहालका सबै कुराको ज्ञान पनि छ । औषधि व्यवसायी दुर्गा राज्य र दलबाट प्रताडित व्यक्ति हुन् । यिनीसँग पैसा छउन्जेल पुष्पकमल दाहालले पनि मार्सी चामल मजाले खाए । बीसौं वर्ष दाहाललाई मार्सी चामल ख्वाएर यिनी आफ्नै गाउँले हजुरबाका सेवामा लागे ।
आराध्यको अति वरदानले रावण मातेको थियो गिरिजाप्रसाद कोइराला कृष्णप्रसाद भट्टरचाईका मायाले यिनलाई पनि जुन थालमा खायो त्यही थाललाई प्वाल पार्ने अवस्थामा पुर्याएको देखियो । कुलका जरामा नुन हाल्नेको कल्याण भएको चाहिँ पुराणकालदेखि आजसम्मै एउटा पनि उदाहरण देखिएको छैन । यदि वर्तमान नेपाली कांग्रेसका सभापतिज्यूमा चेतना छ भने शैली, मति र चरित्र सुधार्नोस् या आफूलाई मन परेकै मान्छेलाई कार्यबाहक दिएर आराम गर्नुस् ।
पुष्पकमल दाहाल
बाग्लुङ निवासी यजमाने ब्राहृमणपुत्र । यिनी त्रिभुवन विश्वविद्यालयबाट कृषिविज्ञानमा स्नातक गरेर गोरखाको आरूघाटको एउटा विद्यालय समातेर शिक्षण पेशामा लागेका व्यक्ति थिए । यिनी चञ्चल स्वभावका मान्छे रहेछन् र अतिमहत्वाकांक्षी पनि । अस्थिरता, महत्वाकांक्षा, परिवारवाद, जसरी पनि सत्ता, शक्ति र नेतृत्वमा आफूमात्र रहनुपर्ने अन्यथा जे पनि गर्ने, मुखमा जे आयो सजिलो भयो त्यही बोल्ने । बोली फेर्ने कुरामा यिनी चन्द्रशमशेरलाई पनि माथ गर्ने खालका देखिए । ठूला नेतामा हुने धैर्य र विश्ववसनीयताको अभावका कारणले सिंगो देशको क्रान्तिका इतिहासलाई मोड प्रदान गर्नसक्ने सम्भावना गुमाएर ललहरी गाएर सत्ताको भीख माग्न आइपुगेका छन् ।
यिनमा पनि ओली र कांग्रेस सभापतिमा जस्तै आफ्ना र आफ्न्तका निमित्त रानी पोखरीका माछा शिवपुरीको वनमा भएको सबैभन्दा अग्लो रुखमा चढे अतः मार्न सकेन मल्लाहले भनेर छल्ने समान प्रवृत्ति देखे नेपाली जनताले । यसो भएको हुनाले अब यिनको राजनीतिक छविको कुरा गर्नुपर्ने आवश्यक्ता छ जस्तो लागेन । न्वारानको नाम छविलाल दाहाल हो क्यारे तर यिनले छवि चाहिँ यसै वातावरणमा जसरी छेपाराले रङ बदल्छ त्यसैगरी यिनका पनि अनेकौं रङका रूप हामीले देखिसकेका छौं ।
दुर्गा प्रसाईं
अहिले ओली र पुष्पकमल दाहालका निमित्त दुर्गा प्रसाई अमेरिकाले पालेको ओसामा विन लादेन, इन्दिरा गान्धीले हुर्काएको सन्त जर्नेल सिंह भिन्दरान्वाले, बंकरमा मर्ने एर्साद बनेर देखिएका छन् । एक प्रकारले हेर्दा ओली र पुष्पकमल दाहालले नै हुर्काएका दुर्गा उनीहरूबाटै खटिएर नौटंकी गरेको जस्तो पनि जनताले अड्कल गर्न थालेका छन् । अर्को दृष्टिले हेर्दा आफ्नै घरमा आफैंले सलाई कोरेर आगो लाउने र आफ्ना खुट्टामा आफैं बन्चरो हान्ने प्रवृत्तिका धन्नुकारी उपर्युक्त तिनजाना नेताभन्दा अन्याय, अत्याचार तथा थिचोमिचो र काम छउन्जेल भाँडो आफल तेरो ठाँडो गरिएका पात्र हुन् दुर्गा प्रसाई ।
दुर्गालाई ओली र पुष्पकमल दाहालका सबै कुराको ज्ञान पनि छ । औषधि व्यवसायी दुर्गा राज्य र दलबाट प्रताडित व्यक्ति हुन् । यिनीसँग पैसा छउन्जेल पुष्पकमल दाहालले पनि मार्सी चामल मजाले खाए । बीसौं वर्ष दाहाललाई मार्सी चामल ख्वाएर यिनी आफ्नै गाउँले हजुर्बाका सेवामा लागे । पाँच अर्ब ऋणले जब भत्भती पोल्न थालो अनि यिनीमाथि कम्युनिष्टको उद्योगपति, धनपति, जमिनपति विरोधी नीतिको तरबार टाउकामा बज्रन पुग्यो र पूर्वराजाको नाम लिएर मिटर ब्याजी, लघुवित्त तथा हसुर्ने उद्देश्यले खोलेका सहकारी, बैंक आदिले खग्रास पारेर मर्नुन बाँच्नुका अवस्थामा पुगेका किसानको घर आँगनमा पुगेर व्यवस्था परिवर्तनको नारा दिन लागे ।
ऋण तिरौं पैसा छैन । उद्योग खोल्न दिएनन् अनि ? अबका दिनमा दुर्गाले कालीको अवतार लिएर रक्तबीजको रगत पिए झैं यो देश र जनता झुक्याएर मस्ती गर्दै आएका शेरबहादुर, ओली र पुष्पकमल दाहालको हरिबिजोग गराए भने आश्चर्य नमाने हुन्छ । तर, प्रसाईले पनि मरेको हात्ती बोक्ने या जिलाउने गोरख धन्दा छाडेर नेतृत्व परिवर्तनका मुद्दालाई बोकेर अघि बढ्नुपर्दछ । अन्यथा आज जसले साथ दिएका छन् तिनले पनि छाड्न सक्छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच