राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ ।

जसअनुसमार निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर अन्तिम साता दल दर्ता गर्ने समय दिएको छ ।

सरकारले निर्वाचनको मिति तोकेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको छ ।

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका स्वीकृत गर्दै माघ ११ गते हुने १९ पदको निर्वाचनको तालिका स्वीकृत गरेको हो ।

कार्यतालिका अनुसार यही मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम तय भएको छ । राजनीतिक दल दर्ता भएपश्चात पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने र पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगले जनाएको छ ।

पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पुस २० देखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । माघ ११ गते बिहान ९ः०० बजेदेखि अपरान्ह्न ३ः०० बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

आगामी फागुन २० गतेबाट राष्ट्रिय सभामा रहेका ५९ सांसदमध्ये एक तिहाई अर्थात २० जना सांसदको पदावधि सकिँदैछ । संविधानमा यसरी कार्यकाल सकिँने ३५ दिनअघिनै निर्वाचन गर्नुपर्ने ब्यवस्था रहेको छ ।

सरकारले गत ७ गते बसेको मन्त्रिपरिषद्को बैठकमा ११ माघमा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?