
डोटी । नेकपाका एमाले अध्यक्ष केपी शर्माले पार्टी भित्र अनेक प्रकारको षडयन्त्र हुँदा पनि पार्टी जोडिएको बताउनुभएको छ ।
मध्य पहाडी लोक मार्ग पदयात्राको क्रममा डोटीमा आयोजित आम सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले पार्टी जोगाएको भन्दै कार्यकर्ताहरूलाई धन्यवाद दिनुभएको थियो ।
‘प्रचण्डका षडयन्त्र भए, माकुनेका षडयन्त्र भए, अरू षडयन्त्र पनि भए, ती सबै षडयन्त्रलाई परास्त गरेर तपाइहरूले पार्टी जोगाउनु भएको छ, पार्टी फेरी पहिलेकै ठाउँमै आएको छ । देशी विदेशी सारा शक्ति लागि पार्टीलाई सिद्धाउन लाग्दा पनि पार्टी सकिएन’ ओलीले भन्नुभयो ‘तपाईँ, सबैलाई धन्यवाद।’
पछिल्लो समय हिंसा भड्काउने काम भइरहेको अध्यक्ष ओलीको भनाइ थियो । देशलाई अगाडी बढाउने संकल्पका साथ सङ्कल्प यात्रा सुरु गरिएको उहाँले बताउनु भयो। ओलीले लम्पी स्किन रोगमा सरकारले ढिलासुस्ती गरेको आरोप लगाउनु भयो। उहाँले सरकार धेरै समय टिक्न नसक्ने समेत बताउनु भयो ।
‘यो सरकार कति चल्छ र यो सरकार मक्किएको धोद्रा परेको सरकार हो । यस्तै अवस्था देशमा रहँदैन’ उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले पार्टी नेता कार्यकर्ताहरूलाई एक भएर काम गर्न निर्देशन दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच