पूूर्वको चिन्तन परम्परामा शासकलाई अत्यधिक महत्वका साथ हेरिएको हुन्छ । शासकले आफ्नो कर्मलाई जीवन्त बनाएर राखेको हुन्छ । उसले गर्ने सबै काम समाज र राष्ट्रका लागि हुने गरेका हुन्छन् । त्यसैले शासक पूूर्वीय चिन्तनको एक सबल पक्ष मानिएको छ । यही पक्ष नै पूूर्वको चिन्तन परम्पराको मियो पनि हो । यही मियोमा टेकेर हाम्रो सनातन परम्परामा एक किसिमको आदर्श राज्यको व्यवस्था गरिएको हो । उक्त आदर्श राज्यका सबै व्यवस्थापकीय पक्ष चुस्त र दुुरुस्त हुने गर्दथे । शासकले आफैं व्यवथापकीय पक्षको जानकारी अमात्य (मन्त्री) बाट लिने गर्दथे । अमात्यबाट आएका असल कुरालाई स्वीकार गर्थे । कमजोरीलाई तत्काल सच्चाउने आदेश दिन्थे । हाम्रो सनातन परम्परामा राज्य व्यवस्थाका सबै पक्ष मजबुत हुने गर्दथे । यही कारण व्यवस्थाको जग बलियो हुने गर्दथ्यो तत्कालीन समयमा ।
आज संसारको शासन व्यवस्था त्यस किसिमको छैन । शासकीय पद्धति ठीक भए पनि सञ्चालनको प्रक्रिया गलत सावित भइरहेको छ । यो शासकीय पद्यतिमा देखिने कमजोरी हो । संसारका विकसित देशहरू शासकीय पद्यतिलाई हतियारका भरमा सञ्चालन गरिरहेका छन् ।
हतियार र आणविक सम्पन्न मुुुलुुक नै आज संसारमा आफूूलाई बलवान् सम्झिरहेका छन् । यो पद्यतिको विकासले आजको विश्व राजनीति खतरा र अविश्वासले भरिएको छ । मानवीय भावना र मानवता थिलोथिलो भएको छ । राजनीतिलाई जीवनको बाँच्ने आधार बनाएका छन् वर्तमानका शासकले । बाँच्नुुमात्र आधार भएन आजको राजनीति त कमाइ खाने भाँडो पनि भयो ।
राजा दशरथले स्वाभाविक रूपमा ऐना हातमा लिए र अनुुहार हेरे । म अब राज्यका लागि र शासन व्यवस्था सञ्चालनका लागि योग्य छैन । यो शासकीय व्यवस्था सञ्चालनका लागि मेरो उमेर बितिसकेको अवस्थालाई उनले अनुुभव गरे ।
यही कारण आजको नेपाल विकासको मार्गलाई अवलम्बन गरेको राज्य हो । विकास कहिले पनि एकै पटक फड्को मार्ने विषय होइन । विस्तारै हुने प्रक्रिया हो । नेपालले विकासका मार्गलाई विस्तारै गतिशील तुुल्याएको छ । यो सत्य र साँचो पनि हो । तर गणतन्त्रको पक्षमा भन्दा विपक्षमा देखिने लहरलाई हाम्रो देशका नेताले चिन्न सकेनन् । यही यो देशको राजनीतिमा देखिने कमजोर कडी पनि हो ।
दशरथको निर्णय :
अयोध्या र रामराज्य एक अर्काका पूरक बनेर देखिए सनातन परम्परामा । दशरथले रामलाई राज्य दिने निर्णय शनकका भरमा गरेका थिएनन् । उनले त आफूले अब राज्य चलाउन नसक्ने अवस्थालाई महसुस गरे ।
रायँ सुुभायँ मुुकुर कर लीन्हा । बदन बिलोकि मुुकुुट सम कीन्हा ।
राजा दशरथले स्वाभाविक रूपमा ऐना हातमा लिए र अनुुहार हेरे । म अब राज्यका लागि र शासन व्यवस्था सञ्चालनका लागि योग्य छैन । यो शासकीय व्यवस्था सञ्चालनका लागि मेरो उमेर बितिसकेको अवस्थालाई उनले अनुुभव गरे । उनको ऐना हेर्ने प्रक्रियामा उनले अनुुभवमात्र गरेनन् । सोचे र फेरि भने :
श्रवन समीप भए सित केशा । मनहुँ जरठपनुु अस उपदेशा ।
नृप जुुबराजुु राम कर देहूू । जीवन जनम लाहुु किन लेहूू ।
दशरथले ऐना हेरेपछि कानाका रौँ सेता देखे । उनलाई वृद्धावस्थाले छोएको अनुुभव भयो । यो अवस्थामा मैले शासन गर्नु हुुँदैन र अयोध्याको शासकीय व्यवस्था रामका हातमा सुुम्पिनुुपर्दछ भन्ने विश्वास उनमा पलायो । यही हो राजनीतिमा लिने असल निर्णय ।
यो दशरथको आफ्नो शारीरिक अवस्थालाई हेरेर लिएको निर्णय हो । यो निर्णयमा पुुग्ने दशरथ अयोध्याका असल शासक हुन् । उनको शासकीय विचार र पद्यतिमा असल राजकीय सम्मान पनि छ । यही कारण अयोध्या तत्कालीन समयको असल राज्य र दशरथ असल शासकका रूपमा मानिएका थिए । यसका साथै उनको शासन गर्ने विचारमा परिवर्तन आएको देखियो । आफ्नो अवस्था हेरेपछि दशरथ भन्छन् :
यह बिचारु उर आनि नृप सुुदिन सुुअवसरु पाइ
प्रेम पुुलकि तन मुुदित मन गुुरहि सुनायउ जाइ ।
खुुशीले गद्गद् हुुँदै दशरथले आनन्दपूूर्वक यो कुरा कुलगुुरु वशिष्ठलाई सुनाए । यो हो शासकीय पद्यतिको असल नमुुना । शासन राजतन्त्र थियो तर जीवनभर वा बाँचुुन्जेल राजा हुनुुुपर्दछ भन्ने भावना उनमा पलाएन । मैले शासन सधैँ गरिरहनुुपर्छ भन्ने आधार पनि उनमा देखिएन । उनले रामलाई युुवराज बनाउन सकेनन् तर यो दशरथमा देखिएको कमजोरी हुुनसक्ला ? सूूर्यवंशी राजाहरू आफ्नो वचनमा दृढ थिए । त्यही दृढताका कारण उनले रामलाई वनवास पठाएका हुन् । यो हो असल शासकको गुण र असल भावना ।
यो भावनामा उनले चालेको कदम स्वाभाविक मानिन्छ । उनको यो कदम शासकमा देखिने असल पहिचान पनि हो । त्यसैले सनातन परम्परामा दशरथ आर्दश राजा मानिए । उनले चलाएको शासकीय व्यवस्थालाई रामले जसरी सञ्चालन गरे त्यो रामराज्य मानियो । रामराज्य हाम्रो पूूर्वको परम्परामा देखापरेको गतिलो शासकीय व्यवस्था हो ।
हाम्राको मन भरिएन :
हामी अहिले गणतन्त्रमा छौं । यो शासन व्यवस्थाका निम्ति धेरैले बलिदान दिए । यो बलिदानबाट पाएको व्यवस्था हो । यसमा कसैले पनि प्रश्न गर्ने अवस्था छैन । पद्यति पनि आफैंमा गतिलो हो । यो पद्यतिमा विकास नभएको पनि होइन । हाम्रो देशका नेताहरूले नगरेका पनि होइनन् तर दशरथजस्ता हुन सकेनन् । महाभारतका धृतराष्ट्रजस्ता भए शासक । नेताहरूले जे जस्ता भाषण गरे पनि असन्तुष्टि चुलिन थाल्यो । जीवन राजनीतिमा समर्पित गरेका, जेल जीवन बिताएका नेताहरू आफैँमा कमजोर छन् भन्ने अवस्था भने होइन । शासनका लागि आफूूमात्र योग्य छुु भन्ने विचारले उनीहरूलाई गाँज्यो ।
मैले नयाँ पुुस्तालाई नेतृत्व दिन सक्नुुपर्छ भन्ने विचार पलाउन सकेन । जनताको मनमा रहेको असन्तुुष्टि सड्कमा पोखियो । केही हदसम्म दलीय व्यवस्थालाई अस्वीकार गरे मतदाताले । किन यो अवस्था आयो यसको लेखाजोखा गर्न नेतृत्व वर्ग कहिले पनि तयार भएन ।
नेपालको राजनीतिमा आफूलाई शीर्ष भनाउँदा नेताको उमेर दशरथको भन्दा कम छैन । दशरथका रौँ मात्र फुलेका थिए । हाम्रो देशका शासक त सात दशक उमेर बितिसक्दा पनि आफूलाई अब्बल मानिरहेका छन् । यो उनीहरूमा पलाएको र घर गरेर बसेको आत्मरति हो । यही आत्मरतिमा रमेका कारण आजको असन्तुुष्टि पनि हो सडकमा । आज जताततै चर्का नारा र आन्दोलनको राप छ । त्यो रापमा जलिन्छ भन्ने भावना सरकारलाई छ । आफ्ना असन्तुुष्टि विचार, सभा, भाषण र आन्दोलनबाट राख्न पाइन्छ ।
अयोध्याका राजा दशरथले ऐना हेरेर आफ्नो उमेरको चाल पाए । कानका सेता रौँ देखेर अब म शासकका लागि योग्य छैन पनि भने । तर, परिवारमोहमा परेका हस्तिनापुरका शासक धृतराष्ट्रले त्यसो गर्न सकेनन् । उनी पुुत्रमोहमा फसे र वंशविनाशको नतिजा हेरे ।
यो नै गणतन्त्रको सुुन्दर पक्ष हो । विचारलाई कुुण्ठित गर्ने अधिकार कसैलाई पनि छैन । राजतन्त्रमा विचार र भावना कुुण्ठित हुन्थे । नेपालीले गरेको आन्दोलन र सशस्त्र विद्रोहका माध्यमबाट नेपालमा गणतन्त्रको मियो रोपिएको हो । नेपालीको साहस र बलिदानपूूर्ण व्यवहारले गणतन्त्रलाई नेपालीले स्वागत पनि गरेका हुन् । तर दश वर्ष बित्न नपाउँदै यो व्यवस्थाप्रति नेपाली जनमानसमा असन्तोष चुुलिन थालेको छ ।
राजनीतिक दलका कार्यकर्ता बाहेक आमनेपाली व्यवस्थाप्रतिको असन्तोषमा देखिएको छ । प्रत्येक दिन लर्को लागेर विदेशिने दाजुुभाइ, दिदीबहिनी, देशमा गरेको अध्ययनले आफ्नो जीवन चलाउन नसक्ने अवस्था देखेपछि बाहिरिने विद्यार्थी, विश्वविद्यालय खाली गराएर उज्ज्वल भविष्य खोज्ने हाम्रो देशका कर्णधार आदिलाई यो व्यवस्था पक्कै पनि मन परेको देखिएन । देशको सर्वाङ्गीण विकासका लागि आवश्यक नभएको प्रदेश सरकारप्रति पनि युुवापुस्ता अन्यमनस्क बनेको छ । वृद्धत्व पाएर पनि मन नभरिएका नेपाली नेताको व्यवहारले अहिलेको गणतन्त्रलाई कमजोर बनाएको हो ।
यो कमजोरी हाम्रो हो भन्ने कुरालाई अस्वीकार गर्ने नेताको व्यवहारले आम नेपालीमा व्यवस्थाप्रति नै असन्तोष देखिएको हो । एउटा दुुर्गा प्रसाईको आन्दोलनबाट तर्सिने सरकारका अघि अनेक प्रकारका समस्याको चाङ देखिएको छ । जीवनको उत्तरार्धमा आइसकेका नेताले विश्राम नलिने हो भने नेपालको दलीय व्यवस्था अत्यधिक कमजोर सावित हुने अवस्था देखिएको छ । भाषण गर्न नसक्ने अवस्था आइसक्यो नेताहरू ! जिब्रो लर्बराउन थालिसक्यो ।
यदि सरकारी सेवामा जागिर खाएको भए निजामतीमा अन्ठाउन्न, शिक्षकमा साठी र प्राध्यापन पेशामा त्रिसठ्ठी वर्ष उमेर हद मानिएको छ । तर, दलका नेतालाई यो कुरा लागूू हुनुुपर्ने होइन र ! गणतान्त्रिक व्यवस्था शीर्ष नेताहरूको मात्र बपौती होइन । यो त आम नेपाली जनताको सपनाको धरोहर पनि हो । आज आएर यो व्यवस्थाले निम्त्याएको समस्याप्रति गम्भीर हुन नसक्नुु दलका शीर्ष नेताको कमजोरी हो ।
अयोध्याका राजा दशरथले ऐना हेरेर आफ्नो उमेरको चाल पाए । कानका सेता रौँ देखेर अब म शासकका लागि योग्य छैन पनि भने । तर, परिवारमोहमा परेका हस्तिनापुरका शासक धृतराष्ट्रले त्यसो गर्न सकेनन् । उनी पुुत्रमोहमा फसे र वंशविनाशको नतिजा हेरे । हाम्रो देशका नेताहरूलाई पनि परिवार मोहले सताएको छ । आफू र आफन्तबाहेक यिनका नजरमा कोही पनि योग्य देखिँदैन । यही कारण आजको नेपाली मतदाता व्यवस्थासित नै रुष्ट देखिएको छ । त्यसैले बेलैमा सचेत बन्नुहोस् ।
आउँदो ८४ को आमनिर्वाचनपूूर्व प्रदेश खारेज गर्नुहोस् । धर्ममा देखिएको अन्यौललाई चिर्न धर्म निरपेक्षलाई जनमतसङ्ग्रहमा लैजानुहोस् । कपालमात्र फुुलेको होइन मनलाई पनि जनताप्रति समर्पण गरेर शासन व्यवस्थामा गर्ने हालीमुहाली तथा राजनीतिबाट विश्राम लिनुुहोस् । शीर्ष नेतृत्वमा रहेका नेताहरू, देश र व्यवस्थाको भलो हुुनेछ । आफूमात्र सत्तासीन हुने तथा आफ्नो उत्तराधिकारी को हो ? दिन नसक्नुु पनि तपाईंहरूको कमजोरी हो । अब दशरथ बन्ने प्रयासमा लाग्नुहोस् धृतराष्ट्र होइन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच