कांग्रेस गुल्मी सम्मानित

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले कांग्रेस गुल्मीलाई सम्मान गरेको छ । यस प्रदेशभित्र उत्कृष्ट जिल्ला सम्मेलन गरेको भन्दै नेपाली कांग्रेस गुल्मीलाई सम्मान गरिएको हो ।

शनिबार बुटवलमा भएको कांग्रेस लुम्बिनी प्रदेशको ऐतिहासिक प्रथम प्रदेश सम्मेलनको अवसरमा पार्टीका केन्द्रीय सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले जिल्ला सभापति खिलध्वज पन्थीलाई प्रशंसा पत्रसहित सम्मान गर्नुभयो ।

कांग्रेस नेता डा.शेखर कोइराला, महामन्त्रीद्वय गगन कुमार थापा, विश्व प्रकाश शर्मा, केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीलगायतका नेताहरुको सहभागीतामा उहाँले कांग्रेस गुल्मीलाई सम्मान गर्नुभयो ।

त्यसअवसरमा जिल्ला पार्टी सभापति पन्थीको उच्च प्रशंसा गर्दै उहाँले पार्टीलाई आगामी दिनमा पनि थप सशक्त र सुदृढ कांग्रेस निर्माणको अभियानमा बिचल्लीत नभईकन लाग्नुपर्ने बताउँदै थप सफलताको शुभकामना दिनुभयो ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाहरुमध्ये गुल्मी जिल्ला कार्यसमितिले भव्य र सभ्य रुपमा दोस्रो जिल्ला सम्मेलन सम्पन्न गर्न सफल भएको भन्दै आगामी दिनमा समेत यसरी नै अनुकरणीय कार्यसम्पादन गर्न सफल रहनेछ भन्ने अपेक्षा गरिएको प्रदेश सभापति अमरसिंह पुनले बताउनुभयो ।

प्रशंसा पत्र ग्रहण गर्नुहुँदै जिल्ला पार्टी सभापति खिलध्वज पन्थीले यो सफलता समग्र गुल्मेली प्रजातन्त्रवादी, जनताको आस्था, भरोसा र विश्वासको प्रतिफल भएको बताउनुभयो । हालै सम्पन्न दोस्रो जिल्ला सम्मेलनले पार्टीलाई भरोसायोग्य, विश्वासयुक्त र सबै जनताको अपनत्व र जिम्मेवारी ग्रहण गरी युवाहरुको पार्टी, उद्यमीहरुको पार्टी बनाउन युवा सम्मेलन मार्फत अगाडी बढ्न थालिएको उहाँले प्रतिक्रिया दिनुभयो ।

यो ओझपूर्ण सम्मानले पार्टीलाई थप सुदृढ र बलियो बनाउन प्रेरणा समेत मिलेको भन्दै आफ्नो सामु थप चुनौती पनि थपिएको सभापति पन्थीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?