काठमाडौं । चलचित्र ‘अञ्जिला’को इन्डक्ल्याप गरिएको छ । शनिबार काठमाडौंको तीनकुने क्षेत्रमा एञ्जिला तुम्बापो सुब्बाको अन्तिम दृश्य कैद गर्दै चलचित्रको इन्डक्ल्याप गरिएको हो । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको चलचित्रलमा मिलन चाम्सको निर्देशन छ । एञ्जिलाकै जन्मथलो इलाममा धेरै छायांकन भएको चलचित्र झापा र काठमाडौंमा बाँकी छायांकन गरिएको थियो ।
चलचित्रमा एञ्जिलाको अलवा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, बेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तानलगायतको अभिनय छ । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रको निर्माता प्रेम कुमार श्रेष्ठ हुनुहुन्छ भने विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच