साइकल स्टोरमा आगलागी हुँदा लाखौंको क्षती

हिमालय टाइम्स
Read Time = 1 min

लहान । सिरहाको लहानको एक  साइकल स्टोरमा आगलागी हुँदा लाखौं रुपैयाँको धनमाल जलेर नष्ट भएको छ ।

लहान गरपालिका-३ स्थित नेपाल साइकल स्टोरमा आगलागी हुँदा करिव ६० लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएका हो ।

आगलागीमा बिक्रीका लागि तयारी अवस्थामा राखिएका नयाँ साइकल, मोटरसाइकल, अटोरिक्साका टायर ट्युबका साथै पार्टपुर्जाहरु जलेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टले जानकारी दिनुभयाे ।

आगलागीमा करिव ६० लाख बरावरको धनमाल जलेको अनुमान गरिए पनि एकिन विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । आगलागीको कारण अझै खुल्न सकेको छैन ।

लहान नगरपालिका र गोलबजार नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानीयको प्रयासमा आगो करिव २ बजेतिर नियन्त्रण भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?