
काठमाडौं । हिमरश्मीले दोस्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत बास्केटबलमा सोमबार दोहोरो सफलता पाएको छ । हिमरश्मी गल्र्स र जुनियर ब्वाइजमा जित हात पार्न सफल भयो । मैनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमी (एलएनए) मा भइरहेको प्रतियोगिताको गल्र्समा हिमरश्मीले प्रारम्भ वल्र्डलाई १८-१२ ले पराजित गर्यो । हिमरश्मीकी खुसी चौधरीले सात स्कोर गर्नुभयो । जुनियर ब्वाइजमा हिमरश्मीले मानसिंहलाई १५-४ ले हरायो । हिमरश्मीका भिजन खत्रीले चार अंक जोड्नुभयो ।
गल्र्समै पद्मचक्रले एन्जल्स हार्टलाई २२-१५, न्यु इराले स्प्रिङ भ्यालीलाई २१-१२ र एन्जल्स हार्टले रोजमेरीलाई २५-१६ ले हरायो । पद्मचक्रकी श्रद्धा फुयालले आठ, न्यु इराकी नर्गिमा तामाङले नौ र एन्जल्सकी अन्शु शर्माले १० अंक जोड्नुभयो ।
जुनियर ब्वाइजमा मानसिंहले रोजमेरीलाई १६-१२, एलएनएले हिमरश्मीलाई ३२-१८, एन्जल्सले रोजमेरीलाई ३२-१८ र पद्मचक्रले मेघा पब्लिकलाई १४-८ ले पन्छायो । मानसिंहका दावा भोटेले ७, एलएनएका सर्गम गुरुङले १०, एन्जल्सका रूपेश पौडेलले १२ र पद्मचक्रका सुहान केसीले ५ अंक बटुल्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच