टिकटकविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । टिकटक बन्दविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुँदैछ । ४ वटा मुद्दाको आज एकै पटक पूर्ण सुनुवाई हुन लागेको हो ।

यसअघि गत मंसिर ५ गते न्यायाधीश विनोद शर्माको एकल इजालासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो ।

कार्तिक २७ मा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव बिथोलिन थालेको भन्दै टिकटकमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । न्युज एजेन्सी नेपाल

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?