आफ्ना नेताविरुद्ध पक्राउ पुर्जी जारी भएपछि विप्लव समूह आन्दोलित

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आफ्ना नेताविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आन्दोलित भएको छ ।

काठमाडौं जिल्ला अदालतबाट पार्टीका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, माइला लामालगायत नेताका नाममा पक्राउ पुर्जी जारी भएपछि सो पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

आफ्ना नेताविरुद्ध जारी भएको पक्राउ पुर्जीको विरोधमा सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रमअनुसार मंगलबार मसाल जुलुस, बुधबार न्यायाधीशको पुतला दहन र आउँदो बिहीबार देशव्यापी प्रदर्शन गरिने उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?