भोजपुरमा संचालन भएका आँखा शिविरहरु प्रभावकारी बन्दै

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । दुर्गम पहाडी जिल्ला भोजपुरमा आँखाका रोगीहरुको संख्या बढदै गएको छ । आर्थिक समस्याका कारण बषाैँ अगाडि देखि आँखाका रोगीहरु उपचार नगराई बस्नेलाई जिल्लामा हुने आँखा शिविरहरु प्रभावकारी बन्दै गएका छन् ।

भोजपुर नगरपालिका वडा नम्वर १२, पुरानोडवलीमा नेपाल नेत्र ज्योति संघ भोजपुरले संचालन गर्दे आएको आँखा तथा कान उपचार केन्द्रमा समेत दैनिक परीक्षणका लागि आँखा तथा कानका रोगीहरु आउने गरेका छन ।

भोजपुरमा आँखाका रोगीहरुको संख्या बढदै गएका कारण जिल्लामा संचालन हुने आँखा शिबिरहरु प्रभावकारी देखिन थालेको आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख बिजय तामाङले बताउनुभयो । भोजपुरमा मोतिया बिन्दुको समस्या भएका बिरामीहरुको संख्या बढी देखिने गरेको बताउँदै प्रमुख तामाङले जिल्ला स्तरमा भएका शिविरमा मोतिया बिन्दुको अप्रेशन हुने गरेकाले बृद्ध बृद्धाका लागि प्रभावकारी देखिएको बताउनुभयो ।

विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोग र नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजनामा भोजपुरका ग्रामीण क्षेत्रका साथै सदरमुकाममा संचालन हुने शिविरहरु प्रभावकारी बनेका हुन । शिविरहरु प्रभावकारी बनेसँगै आगामी पौष २ देखि ४ गतेसम्म केन्द्र परिसरमा आँखाको जाँच तथा शल्यक्रिया शिविरको आयोजना गरिएको छ ।

शिबिरमा आँखा जाँचका साथै मोतिया बिन्दुको शल्यक्रिया सहित मासु पलाएको रोगहरुको पनि परिक्षण गरिने आयोजक नेपाल नेत्रज्योती संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरले जनाएको छ । दुर्गम ग्रामीण भेगका विपन्न समुदायलाई लक्षित गरी शिविर आयोजना गरिने भएकाले जिल्लामा यो प्रभावकारी बनेको नेपाल नेत्रज्योती संघ भोजपुरका कोषाध्यक्ष सम्झना प्रधानले बताउनुभयो । प्रधानले भन्नुभयो, “शिविरमा हामीले आँखाको उपचारका लागि ठुला अस्पतालहरुमा पुगेर फर्कनु हुनेहरुलाई समेत सेवा दिएका छौँ ।”

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?