
काठमाडौं । नेपालको जलविद्युत् क्षेत्रको प्रवद्र्धनका लागि विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) ले सहकार्य गर्ने भएका छन् । दुई बैंकले प्रस्तावित माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजनाको विषयमा सहकार्य गर्न सम्झौता गरेका हुन् । विश्व बैंकका अनुसार संयुक्त अरब इमिरेट्समा जारी जलवायु परिवर्तन सम्पत्ति सम्मेलन (कोप २८) मा दुई संस्थाले पाँच वर्षकोे प्रारम्भिक अवधिका लागि सहकार्य गर्ने समझदारीपत्रमा बुधबार हस्ताक्षर गरेका हुन् । विश्व बैंकतर्फबाट दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेसर र एडिबीतर्फबाट क्षेत्रीय उपाध्यक्ष फातिमा यास्मिनले सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
सो अवसरमा मार्टिन रेसरले नेपाल सरकार, विकास साझेदार र निजी क्षेत्रको घनिष्ट साझेदारीबिना नेपालको प्रचुर जलविद्युत् स्रोतको पूर्ण सम्भावना साकार हुन नसक्ने भन्दै सम्झौतामार्फत् एडिबी र विश्व बैंकले नेपालको जलविद्युत् क्षेत्रमा वित्तीय र नीतिगत सल्लाहमा घनिष्ट सहकार्यका लागि आधारशीला खडा गरेको बताउनुभयो ।
विश्व बैंकका अनुसार तीनवटा महत्वपूर्ण क्षेत्रलाई सम्झौताले विशेष सहयोगका लागि लक्षित गरेको छ । जसमा देशस्तरको सहयोग अभिवृद्धि, सह-वित्तको सुदृढीकरण र जलवायु परिवर्तनमा संयुक्त कार्यलाई बढावा दिने उल्लेख छ । विश्व बैंक र एडिबीले ठूला जलविद्युत् आयोजना विकास, ऊर्जा क्षेत्रका आयोजना तयारी र वित्तपोषणमा नेपालको कार्यान्वयनकारी निकायहरूको संस्थागत क्षमता सुदृढ गर्न पनि मिलेर काम गर्ने विश्व बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच