काठमाडौं । नेपाल हस्तकला महासंघले हरेक वर्ष आयोजना गर्दै आएको ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ मंसिर २८ गतेदेखि काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा हुने भएको छ । हस्तकला मेलाको यो २०औँ संस्करण हो भने हस्तकला प्रतियोगिताको १८औँ संस्करण हो । पुस २ गतेसम्म सञ्चालन हुने मेलाको उद्देश्य नेपाली हस्तकलाजन्य वस्तुको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्ने, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रवद्र्धन गर्ने रहेको आयोजकले जनाएको छ । साथैैै स्वदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई बजारीकरणमा सहयोग पुर्याउने पनि मेलाको लक्ष्य रहेको बताइएको छ ।
मेलामा करिब एक सय २५ स्टल रहने महासंघले जनाएको छ । मेलामा भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतका मुलुकबाट सहभागिता रहने बताइएको छ । महासंघ अध्यक्ष प्रचण्ड शाक्यका अनुसार मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामग्रीका स्टलका साथै प्राकृतिक रेसा र बाँसका सामानलगायतका स्टल रहनेछन् । सरकारको नेपाल एकीकृत व्यापार रणनीति (एनटिआइएस) कार्यक्रममा समावेश हस्तकलालाई मेलामा विशेषरूपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ भने महिला र समाजमा पछाडि परेका वर्गका लागि निःशुल्क स्टलको व्यवस्था पनि गरिएको छ । मेलाको प्रमुख आकर्षणमा जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी रहनेछ । जसअन्तर्गत परम्परागत विधातर्फ पौभा र समसामयिक विधातर्फ छ्वाली कलामा प्रतियोगिता हुनेछ । उत्कृष्ट तीन कलाकारलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीय हुनेलाई २० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच