
काठमाडौं । आजदेखि ११औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदैछ । ‘सामूहिक अधिकार’ नारासहित नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि २६ गतेसम्म काठमाडौंमा हुने भएको हो । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा हुने महोत्सवको नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ ।
महोत्सवको उद्घाटन चलचित्रका रूपमा सुभांगी खड्काको वृत्तचित्र ‘द एज अफ लर्निङ’ प्रदर्श२६ देशका ५४ वटा चलचित्र प्रदर्शन हुने गरिनेछ । विश्वभरिबाट खुला आवेदनमार्फत् संकलन गरिएका डकुमेन्ट्री, सर्ट एनिमेसन र फिक्सन गरी २६ देशका ५४ वटा चलचित्रहरू महोत्सवमा प्रदर्शन गरिनेछ । महोत्सवमा नेपाललगायत फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमान, थाइल्याण्ड, म्यान्मार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्की, क्रोएसिया, इटली, आयरल्याण्ड, किर्जिस्तान, जर्जिया, पोल्याण्ड, ताजिकिस्तान, नर्वे, युक्रेन, बंगलादेश र भारतबाट प्राप्त मानव अधिकारका विषयमा निर्मित चलचित्र तथा वृत्तचित्रहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई रहनुभएको छ । महोत्सवमा जुरीबाट छनोट भएका उत्कृष्ट पाँच चलचित्रलाई अन्तर्राष्ट्रिय फिचर प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय सर्ट फिक्सन तथा ननफिक्सन र नेपाली सर्ट फिक्सन तथा ननफिक्सन विधामा नगदसहित पुरस्कार प्रदान गरिनेछ । महोत्सवमा एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि पुरस्कृत गरिनेछ ।
महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रकर्मी, दर्शक, विश्लेषक र मानव अधिकारकर्मीबीचको बहस हुने आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महोत्सवमा ‘सिनेमा विकासका लागि राजनीतिक प्रतिबद्धता’ र ‘सामूहिक अधिकार : अन्तर्राष्ट्रिय प्रतिबद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीबीच दुईवटा प्यानल छलफल पनि राखिएको छ ।
महोत्सवमा मानव अधिकारसँग सम्बन्धित फोटो प्रदर्शनी पनि हुनेछ । महोत्सवको समापन समारोहमा बेलायतको एल्हम एहसासको सर्ट फिल्म ‘एल्लो’ प्रदर्शन हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच