तिम्रा लामा सबल भुज छन् शैल बोक्लान् समान
छाती तिम्रो दृढतर छ त्यो ब्रज रोक्लान् समान ।
तिम्रो कन्धा उपर युगको भार राखि दिउँ कि
मागी तिम्रै हृदय म पनि बैँशमा फर्कियूँ कि ।।
योे पद्य माधवप्रसाद घिमिरेको नवयुवक कविताको हो । कति गम्भीर भाव बोकेका छन् यो पद्यमा रहेका हरेक शब्दले । युवालाई जुन तरिकाले घिमिरेले यो पद्यमा पेश गरे त्यसले संसारको सबैभन्दा सम्पन्न मानिस युवा हो भन्ने अवस्था देखिएको छ । कुनै पनि देशको विकास र उन्नतिमा युवाको महत्वपूर्ण भूमिका हुने गर्दछ । समाज र देशको विकासलाई गति दिने र देशको आर्थिक उन्नतिमा आफूलाइ समर्पित गराउने देशको युवक हो । यही युवकका माध्यमबाट संसारका विकासशील देशहरू आफूलाई सदा शक्तिशाली मानिरहेका छन् । यही हो देशको मेरुदण्ड पनि । युवा देशको विकास हो । देशको कर्णधार हो । देशको उन्नति हो र देशलाई गतिशील बनाउने आधार पनि । यो युवाबाट देश रित्तियो भने देशको अवस्था कस्तो होला ? यो प्रश्नको उत्तर खोज्ने बेला भएन र हाम्रो अनि हामी नेपालीको ।
युवाले देशलाई छोड्यो भने के होला ? प्रश्न गम्भीर छ देशका लागि । देश चलाउने युवा र देशलाई सदा उच्च सम्मान गर्ने युवा रहेन भने राष्ट्रको अवस्था कस्तो होला ? आज हाम्रो देशको हालत त्यही देखिएको छ । देशमा युवा बस्न खोजेन । बाहिर जान तयार भयो । नेपालको शिक्षाले केही दिन सकेन । बेरोजगार उत्पादन गर्नु विश्वविद्यालयको दायित्व बन्यो । शिक्षाले देशको मात्र होइन नेपाली युवाहरूको मुहार फेर्न सकेन । यी र यस्तै यावत् प्रश्नहरू आज नेपालीका प्रत्येक घरमा देखिने प्रश्न हुन् ।
हामीले हाम्रा आउने पुस्तालाई शिक्षा दिन सकेनौँ । नेपाल र नेपाली सुहाउँदो शिक्षा नीतिलाई हामीले अवलम्बन गर्न जानेनौँ । आधुनिक शिक्षाका नाममा प्राचीन परम्परा र मान्यतालाई बलि चढायौँ । पश्चिमका विद्वान् दार्शनिक के भन्छन् शिक्षाका बारेमा भन्छौँ ।
उच्चवर्गीय परिवारमा उब्जिने प्रश्नको उत्तर अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडामा भेटिने गर्दछन् । मध्यमवर्गीय परिवारका छोराछोरीका प्रश्नले जापान र कोरियालाई तताउने गरेको हुन्छ । निम्नवर्गीय परिवारका छोराछोरीका प्रश्नको उत्तर श्रमस्वीकृत देशका लागि हुने गरेका देखिन्छन् । यही हो आजको नेपालको अवस्था पनि । यसैमा बाँचेको छ नेपाली समाज पनि । आमाबुबाका आँखामा आँसु चुहाएर विदेशिने छोराछोरी र फर्केर नेपाल आउन नचाहने युवालाई देखेर के खोजिरहेको छ नेपालको राजनीतिले आङ्कलन गर्न गारो देखिएको छ ।
रित्तिए विश्वविद्यालय
हामीले हाम्रा आउने पुस्तालाई शिक्षा दिन सकेनौँ । नेपाल र नेपाली सुहाउँदो शिक्षा नीतिलाई हामीले अवलम्बन गर्न जानेनौँ । आधुनिक शिक्षाका नाममा प्राचीन परम्परा र मान्यतालाई वलि चढायौँ । पश्चिमका विद्वान् दार्शनिक के भन्छन् शिक्षाका बारेमा भन्छौँ । हाम्रा प्राच्य परम्पराका ऋषिहरूले के भने भनेर खोज्दैनौँ । शिक्षा आर्जनका लागि जीवनको आधा समय बिताउनु पर्ने बाध्यता आजको नेपालको शिक्षा नीतिले बाहिर ल्याएको छ । जीवनको आधा समय बिताएर पढ्दा पनि रोजगारी नपाइने अवस्थामा रहेको युवक अन्य मनस्क हुँदै अध्ययनतिर लम्केको छ । जेनतेन दश जोड दुई पढेपछि उसको मनमा अनेक प्रकारका कल्पनाले घर गरिसकेको हुन्छ ।
गत साल बाह्र पास गरेर गएको गोपाल, त्यसभन्दा अघि गएको रामले जसरी प्रगति गरे मैले केही गर्न सकिन भन्ने भावनाले उसको मनमा घर गरिसकेको हुन्छ । उनीहरूले दाम कमाए । म नेपालमा बसेर माखो मार्न सकिन भन्ने उसले सोचेको हुन्छ । मैले नेपालमा बसेर सक्दिन भन्ने उसको मनले सोचिसकेको हुन्छ । ऊ पनि अध्ययनलाई अघि बढाउनभन्दा राहदानी र भाषा अध्ययनमा लागिसकेको हुन्छ ।
स्नातक अध्ययनका लागि चार वर्ष नेपाल बस्नुभन्दा विदेश नै उसका लागि सपनाको संसार बनेको हुन्छ । त्यही संसारमा रमाउने उसका सपनाले जहिले पनि उसलाई घच्घचाएका हुन्छन् । यहीबाट आरम्भ हुन्छ हाम्रो देशका युवाको विदेश पलायन । यही परिवेशमा रमेको छ हाम्रो देशको राजनीति र हाम्रो देशको विचलित अवस्था तथा युवाहरूको सपनाको संसार पनि । नेपालमा रहेका विश्वविद्यालयको अवस्था भने दिनदिनै रित्तिने प्रक्रियाको देखिन्छ । विश्वविद्यालयमा देखिने चरम राजनीति र त्यो राजनीतिले निम्त्याउने अनेक प्रकारका समस्याको नजानिँदो शिकार आजको युवा भएको छ । चारवर्षे स्नातक गर्न ६ वर्ष लाग्ने अवस्था र त्यो अवस्थामा उसले भोगेको छट्पटिले उसलाई कमजोर बनाएको हुन्छ । विदेशको भूमि सजिलो छैन ।
विदेशमा अनागरिक बनेर रहनु उपयोगी नहोला ? यही अवस्थाको छट्पटिमा परेको छ युवा र विदेशिएको छ स्वदेशलाई त्यागेर विदेशी नागरिक बन्ने अभिलाषामा । कुनै पनि विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा भन्दा भाषा सिकाउने भाषासेन्टरमा विद्यार्थीको उपस्थिति बढी देखिनु यही कुराको सङ्केत होइन र ? देशको राजनीतिलाई युवापुस्तामा हस्तान्तरण गर्न नखोज्ने राजनीति दलका नेताहरू । जताततै राजनीतिले गाँजेको अवस्थालाई बाहिर ल्याएर युवापुस्तालाई राहदानीको लाइनमा खडा गर्ने नेताप्रति र वर्तमान राजनीतिप्रति तीखो व्यङ्ग्य यसभन्दा के हुन सक्ला र ?
युवापुस्ता बाहिरियो । उसले देशलाई माया मारिसक्यो । कुनै देशको नागरिक बनेर बस्ने अवस्थामा छ । उसको चाह धन कमाएर नेपाल आउनु होइन उतै बस्ने हो । यो अवस्थामा बाहिरिने युवालाई बोलाउने अवस्था अबको नेपालको राजनीतिले दिन सक्दैन । नेपालको राजनीति फोहरो भइसक्यो । आज बग्ने बाग्मती र नेपालको राजनीति समान् अवसरमा बगिरहेको तथ्यलाई युवाले बुझिसकेको छ । त्यसैले आज नेपालका विश्वविद्यालयहरू रित्तिएका छन् । नेपालको अर्बाैँ पैसा र युवा अध्ययनको नाममा बाहिरिएको छ । देशलाई छोडेर बाहिर जानु आजका युवाको रहर होइन । बाध्यता हो ।
हाम्रो देशका युवाको गन्तव्य द्वन्द्वग्रस्त देश र क्षेत्र होइन । रहरले गएका पनि होइनन् ती युवाहरू । मर्ने अभिलाषा बोकेर गएका पनि होइनन् ती तरुणहरू तर गए । देशको राजनीति र देशको शासन व्यवस्था गतिलो भएको भए सायद तिनीहरूको प्राण उड्ने थिएन होला ?
नेपालको राजनीति र शिक्षा नीतिले निम्त्याएको अस्वस्थ अवस्थाको पहिचान पनि हो । एउटा युवाले देशमा बसेर केही गरौँ भन्ने भावना नराख्ने होेइन । तर, उसले सबै कुरामा आफूलाई र आफूले अपनाउने पेशालाई सुरक्षित देख्न सक्दैन । त्यसैले रित्तिन्छन् गाउँघर, रित्तिएका छन् शहर र अन्यमनस्क छन् बाबुआमाहरू पनि ।
अस्वस्थ राजनीति
राजनीति सदा स्वस्थ र देशको हितमा हुनु अनिवार्य मानिन्छ । राजनीति स्वस्थ भएन भने देशका हरेक अङ्गले आफूलाई कमजोर ठानेका हुन्छन् । यही अवस्थामा रहेको छ नेपालको राजनीति पनि । देश र जनताका लागि हाम्रो देशका नेताले कहिले पनि राजनीति गरेनन् । उनीहरू र उनका दलको राजनीतिले कहिले पनि देशलाई उच्च स्थानमा राख्न सकेन । देशको सबैभन्दा गतिलो शक्ति युवालाई बाहिर पठाउने सोचले भरिएको राजनीतिले देशका सबै अङ्गलाई काम नलाग्ने बनाएको देखियो । देशका हरेक समस्याको समाधान हामीसित छ ।
देशलाई गतिशील तुल्याउने अवस्था हामीसित छ । राजनीतिलाई स्वस्थ बनाएर अघि बढेको भए देशले काँचुली फेर्ने थियो तर त्यसो हुन सकेन । आजको राजनीति गलत बाटोमा देखियो । राजनेताले समेत आफू र आफन्तबाहेक केही देखेन । कताबाट सुध्रिने देशको राजनीति ।
देशको सबै क्षेत्रमा राजनीति हस्तक्षेप र राजनीतिको प्रवेशले सबैलाई आश्चर्यमा पारेको छ । राजनीति प्रवेश नगरेको नेपालको कुनै पनि क्षेत्र छैन । स्वतन्त्र न्यायपालिका भनियो तर न्यायपालिकामा पनि राजनीति हस्तक्षेप भयो । दलका कोटाबाट न्यायाधीन नियुक्त गर्न थालियो । न्याय पनि दलीय भागबण्डामा पुग्न थाल्यो । कसरी सुध्रन्छ देश । यही चिन्ताले आजको युवा ग्रस्त छ । दल र दलका नेताप्रतिको विश्वास कमजोर भएको छ ।
त्यो अविश्वास देशमा मात्र होइन विदेशमा पनि देख्न थालियो । किन यस्तो यसका बारेमा नेपालका कुनै राजनीतिक दलका व्यक्तिले सोच्न सकेको छैन । राजनीतिलाई पेशा बनाएर त्यसैमा रम्ने व्यक्ति र तिनका आसेपासेले गर्ने व्यवहारका कारण आजको युवामा वितृष्णा जागेको देखियो । त्यसैले देशलाई छोड्नु नै उसले अन्तिम विकल्प सोचेको देखिन्छ । देशलाई राजनीतिले बाटो देखाउनुपर्छ । राजनीतिले युवालाई सही मार्गमा डोर्याउन सक्नुपर्छ । तर हाम्रो देशमा त्यसो हुन सकेन । नेपाली युवाहरू रसिया र युक्रेनी सेनमा भर्ती भएर युद्धमा मारिएका खबर आउन थालिसके ।
हाम्रो देशका युवाको गन्तव्य द्वन्द्वग्रस्त देश र क्षेत्र होइन । रहरले गएका पनि होइनन् ती युवाहरू । मर्ने अभिलाषा बोकेर गएका पनि होइनन् ती तरुणहरू तर गए । देशको राजनीति र देशको शासन व्यवस्था गतिलो भएको भए सायद तिनीहरूको प्राण उड्ने थिएन होला ? तर, देशको अस्वस्थ राजनीतिले भित्राएको यो जटिल अवस्थालाई आजको युवाले चिर्ला भन्ने आशा पनि हराएर गयो । यो आर्थिक वर्षमा अहिलेसम्म चालिस हजार विद्यार्थी अध्ययनका लागि बाहिरिएको तथ्याङ् बाहिर आयो । ती चालिस हजारसित बाहिरिएको रुपैयाँको लेखाजोखा कसैसित छ छैन ? यस अवस्थालाई मनन गर्ने राजनीति खोइ, आजको पुस्तालाई बारिह जान रोक्ने शिक्षानीति खोइ, अध्ययन गरेर पनि रोजगार नपाउने युवालाई रोजगारी खोइ । यसका बारेमा सोच्ने सरकार र राजनीतिक दल मूकदर्शक बनेर बसेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच