काठमाडौं । कम विकसित सिनेमा उद्योगका उदीयमान फिल्म निर्मातालाई प्रोत्साहन दिन स्थापना गरिएको अल्टरनेटिभा फिल्म प्रोजेक्टको विश्वव्यापी गैरनाफामूलक फिल्म इनिसेटिभले कजाकस्तानको अल्माटीमा आयोजित उद्घाटन समारोहमा अल्टरनेटिभा फिल्म पुरस्कारका विजेता घोषणा गरेको छ ।
चलचित्रको कलात्मक गुण र तिनको सामाजिक प्रभावको मूल्यांकन गर्न डिजाइन गरिएको अल्टरनेटिभा फिल्म अवार्ड पहिचानको वैकल्पिक प्रणाली हो । पहिलो संस्करण मध्य एसियामा केन्द्रित भएको अवार्डको पहिलो संस्करणले विभिन्न बजारबीचको सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने लक्ष्य राखिएको छ । इनिसेटिभ पियर-टु-पियर राइड सेयर मूल्य निर्धारण मोडलका लागि परिचित विश्वव्यापी टेक्नोलोजी कम्पनी इनड्राइभद्वारा सेप्टेम्बर २०२३ मा सुरु गरिएको थियो । परम्परागत पुरस्कारभन्दा फरक रहेर अल्टरनेटिभा फिल्म अवार्डले सांस्कृतिक, सामाजिक र औद्योगिक प्रभावको उदाहरण प्रस्तुत गर्ने प्रतिभा र टाइटललाई पुरस्कार प्रदान गर्छ ।
पेरेनियल अवार्ड्समा समावेश स्पटलाइट अवार्डले सार्वजनिक राडारमा परेको विषय वा कथामा प्रकाश पार्ने फिल्मलाई सम्मान गर्छ भने फ्युचर भ्वाइस अवार्डले फिल्म उद्योग र सामाजिक परिवर्तनमा योगदान पु¥याउन सक्ने क्षमताका नवोदित फिल्म निर्मातालाई सम्मान गर्छ । त्यसैगरी अर्को विशेष अवार्ड हो, अल्टर अवाड, जसले मानव अधिकार, बसाइँसराइ, युद्ध अपराध र वातावरणजस्ता महत्वपूर्ण सामाजिक विषय सम्बोधन गर्ने चलचित्रलाई पुरस्कार प्रदान गर्छ ।
नेटिभा अवार्ड चाहिँ राष्ट्रिय वा सांस्कृतिक पहिचानका विषय सम्बोधन गरेका चलचित्रलाई दिइन्छ भने सर्ट्स अवार्ड विशेषरूपमा मध्य एसियामा निर्मित छोटो फिल्मलाई दिइन्छ । सर्ट्स अवार्ड फिल्म निर्माणका लागि स्थानीय प्रतिभालाई हौसला प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच