कठमाडौं । नेपाली सर्ट भिडिओ सेयरिङ प्लेटफर्म ‘रमाइलो’ मोबाइल एप अब आइफोन प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ । आइफोन प्रयोगकर्ताले एप स्टोरबाट डाउनलोड गरी चलाउन सकिने रमाइलो एपका सह-संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत गृहेन्द्र घिमिरेले बताउनुभयो । यसअघि रमाइलो एप एन्ड्रोइड मोबाइल फोन प्रयोगकर्ताले मात्र प्रयोग गर्न पाउने गरेकामा अब भने आइफोन प्रयोगकर्ताका लागि उपलब्ध भएको हो ।
टिकटक बन्द भएपछि नेपालमा सञ्चालनमा आएको छोटो भिडिओ सेयर गर्ने प्लेटफर्म ‘रमाइलो’ मोबाइल एप एन्ड्रोइड भर्सनमा करिब दुर्ई सातामै एक लाखभन्दा बढीपटक डाउनलोड भएको कम्पनीले जनाएको छ । रमाइलो एपको एन्ड्रोइड भर्सनमा दैनिक करिब एक लाख सक्रिय प्रयोगकर्ता रहेको र पछिल्ला दिनमा निकै रूचाइएको यस एपमा सुधार भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एपमा अहिले डार्क मोड, सर्ट्सलगायत अन्य फिचर थपिनुका साथै आफ्ना साथीसँग कुरा गर्न मिल्ने, लाइभ बस्न मिल्ने तथा आइडी भेरिफाइड गर्ने जस्ता फिचर पनि रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच