
मर्यादा पुरुषोत्तम भगवान रामको मन्दिर निर्माणसँगै अयोध्या सभ्यता सम्वादको केन्द्र बन्ने तयारीमा देखिन्छ । मन्दिर र मस्जिदबीचको लामो ऐतिहासिक विवादको समाधान सर्वोच्च अदालतबाट हुना साथ भव्य राम मन्दिरको निर्माण भएको छ । सनातन हिन्दु धर्मको एक प्रमुख सूत्र-साहित्यको केन्द्र भगवान रामको मन्दिर दर्शनार्थीका साथै विश्वकै लागि आकर्षणको केन्द्र बन्नेछ । भारतको अयोध्यामा निर्माण भएको राम मन्दिर लामो विवाद पश्चात् सर्वोच्च अदालतको आदेशपश्चात् हिन्दुहरूको अधिकारमा परेको छ । उनै परबहम परमात्माका रूपमा रहेका भगवान रामचन्द्रको जीवन चरित्रको गायन गर्ने आदिकवि वाल्मीकि र उहाँद्वारा रचित वाल्मीकि रामायण सनातन संस्कृतिको अनुपम ग्रन्थ रहेको छ ।
अयोध्यामा निर्मित भगवान रामचन्द्रको मन्दिरले पुनः आदर्श समाज र राष्ट्रको चर्चालाई अगाडि बढाउने हुँदा हाम्रा प्राचीन ज्ञान र अभ्यासलाई उजागर गर्दै सभ्यता सम्वादमा सहभागिता जनाउन सहज हुनेछ । स्कन्दपुराणको वैष्णवखण्डको अयोध्या-महात्मय प्रसंगमा रामजन्मस्थानको महत्व बताइएको छ ।
भगवान रामको आदेशलाई युग-युगमा तथा जनजनमा स्थापित गराउने बाल्मीकि रामायणसँगै ‘तुलसीदासकृत रामचरित्र मानस’ तथा नेपालका भानुभक्तद्वारा रचित ‘रामायण’ स्वयंमा शास्त्र बन्न पुगेका छन् । वेद, पुराणहरूले समेत महत्व दिएको राम कथा जन्मस्थानको चर्चा अयोध्यामा नवनिर्मित राम मन्दिर पश्चात् सम्पदा चर्चाको विश्वकेन्द्र बन्ने निश्चित छ । उत्तरको छिमेकी चीन र दक्षिणको छिमेकी भारतले सभ्यता सम्वादलाई रणनीतिक महत्वका साथ अगाडि बढाउँदा नेपालको प्रयास कस्तो हुनुपर्दछ भन्ने प्रश्नलाई समेत सम्बोधन गर्नु आजको आवश्यकता हो । नेपाल र भारतको धर्म, संस्कृति, भाषा तथा अन्य दैनिक व्यवहारमा समिप्यका कारण मौलिक परम्परालाई पनि साझा गर्नुपर्ने बाध्यता आइपर्दछ । सभ्यता सम्वादमा समान रूपले सहभागिता जनाउँदै आफ्नो विशिष्टतालाई स्थापित गर्न निम्न ढंगले कार्य गर्नुपर्ने देखिन्छ ।
१) हिमवतखण्ड र नेपाली विशिष्टता :
यस्यात्मा हिमशैलजा गणपतिः सय्र्योहि विष्र्णुहर :,
पञ्चास्यै : सुविभषित : पशुपतिस्तेषां च पञ्चात्मकै :,
त्रैलोक्यं सचराचरं त्रिगुणजं पञ्चात्मभि : सन्दधे
योद्रजस्रं हि रसादिभिश्च भगवांस्तस्मै नम : शम्भवै ।।
जसको आत्माका रूपमा पार्वती, गणेश, सूर्य, विष्णु र रुद्र हुनुहुन्छ, जो सद्धोजात, अघोर, तत्पुरुष एवं ईशान नामक पाँच मुख ब्रहृमद्वारा सुहाउनु भएको छ, जसले पृथ्वी, जल, तेज, वायु र आकाशमय बनेर निरन्तर रस, रूप, गन्ध, स्पर्श तथा श्रोत्रको रूप लिएर त्रिगुणात्मक चराचरयुक्त तीनै लोकको सिर्जना गर्नुभएको छ, त्यस्ता कल्याणमय (पशुपतिस्वरूप) शिवलाई नमस्कार गर्दछु भन्ने प्रार्थनासँगै प्रारम्भ गरिएको हिमवखण्ड नेपाली सभ्यताको आधार हो । वेदव्यासद्वारा रचना गरिएको स्कन्द महापुराणअन्तर्गत रहेको हिमवल्खण्डले नेपाली विशिष्टतालाई दर्शाउने हुँदा यसको सर्वाधिक महत्व छ । विश्वका सम्पूर्ण सभ्यताभन्दा जेठो र सभ्य सभ्यताको परिचय दिने नेपाली सभ्यतालाई विश्वका हरेक घटना र उत्सवहरूसँग सहभागिता जनाउँदै परिचित गराउने दायित्व हाम्रो हो ।
फरक भूगोल, फरक संस्कृतिमा हुर्किइरहेका सभ्यताहरूका बीचमा सामिप्य बनाउँदै साझा गन्तव्यमा पुग्न साझा सिद्धान्त र कार्यक्रमहरूको सञ्चालन गर्नुपर्ने अवस्था आइपुगेको हुँदा नेपालीहरूको ज्ञान र क्षमताको पनि सदुपयोग हुनेछ । रुस-युक्रेन युद्ध, अरब-इजरायल युद्धको वर्तमान स्थितिले विश्वयुद्धकै अवस्था निम्त्याइरहेकोमा सभ्यताहरूमाझ सहकार्यको थालनीले शान्ति र मेलमिलापको वातावरण बन्न सक्नेछ । ‘अस्त्युत्तरस्यांं दशि देवात्मा हिमालयो नाम नगाधिराजः पूर्वापरौ तोयनिधि वगाहम स्थिंतः पृथित्या इव मानदण्ड :, ‘महाकवि कालिदासले हिमालयको महत्व दर्शाउन प्रयुक्तशब्द र भावनाले पनि हिमवत्खण्डको महत्व बुझन् सहज बन्दछ ।
अयोध्यामा निर्मित भगवान रामचन्द्रको मन्दिरले पुनः आदर्श समाज र राष्ट्रको चर्चालाई अगाडि बढाउने हुँदा हाम्रा प्राचीन ज्ञान र अभ्यासलाई उजागर गर्दै सभ्यता सम्वादमा सहभागिता जनाउन सहज हुनेछ । स्कन्दपुराणको वैष्णवखण्डको अयोध्या-महात्मय प्रसंगमा रामजन्मस्थानको महत्व बताइएको छ । तस्मात् स्थानत ऐशाने राम जन्म प्रवर्तते । जन्मस्थानमिदं प्रोक्तं मोक्षादिफलसाधनम् रामजन्मस्थानको दर्शन गर्नाले मोक्ष प्राप्त हुने बताइएकोले सम्पूर्ण सनातन धर्मावलम्बीहरू जन्मस्थानको दर्शन गर्न लालयित हुन्छन् । ‘विध्नेश्वरात् पूर्वभागे वासिष्ढादुुत्तरे तथा लोभशात् पश्चिम भागे जन्म स्थान तत : स्मृतम्’ ‘विध्नेश्वरदेखी पूर्र्वमा तथा वशिष्ठ स्थानदेखि उत्तरमा लोमशका स्थानदेखि पश्चिम दिशामा रामजन्मस्थान रहेको छ भनिएबाट पनि रामजन्मस्थानको टुंगो लाग्दछ ।’
यद्दृष्टवा च मनुष्यस्य गर्भवासजयो भवेत् ।
विना दानेन तपसा विना तीर्थविना मरवै ।
राम जनन्म भूमिको दर्शन मात्रले विनादान, विनातप, विनातीर्थयात्रा, विनायज्ञ नै मनुष्य मुक्त हुन्छन् भनिएबाट अझ महत्व बढ्न गएको छ । ‘कपिलागोसहस्त्राणि यो ददाति दिने दिने, । तत्फलं समाप्नोति जन्म भूमे : प्रदर्शनात्’ प्रतिदिन हजारौँ कपिला गौको दान दिँदा जुनफल मिल्दछ त्यही फल जन्मभूमिको दर्शनले मात्रै पनि प्राप्त हुन्छ । भगवान र रामचन्द्रले जन्मस्थानका विषयमा व्यक्त विचारलाई तुलसी दासले रामचरित्र मानिसमा उल्लेख गर्नुभएको छ ।
जद्धपि सब बैकुंठ बखाना, वेद पुरान बिदित जगु जाना ।।
अवधपुरी सम प्रिय नहि सोऊ, यह प्रसंग जानइ कोउ कोऊ ।।
जन्मभूमि मम पुरि सुहावनि, उत्तर दिसि बह सरजू पावनि ।।
जा मज्जन ते बिनहिं प्रयासा, मम समीप नर पावहिं बासा ।।
अति प्रिय मोहि इहाँ के बासी । मम धामदा पुरी सुखरासी ।।
स्वयं भगवान रामचन्द्रले प्रशंसा गर्दै प्रिय स्थान बताउनु भएकाले पनि शास्त्रीय मान्यता पाएको छ । ‘अकारो ब्रहृम च प्रोक्तं यकारो विष्णुरुच्यते, । धकारो रुद्ररुपश्च आयोध्यानाम राजते’ सर्वोपपातकैर्युक्तै ब्रहृमहत्यादिपातकै : । न योध्या शक्यते यस्मात्तामयोध्यां ततो विदु ः ।। ‘अ’ कार ब्रहम हुन, ‘य’ कार विष्णु हुन, तथा ‘ध’ कार रुद्र स्वरूप छन् । तसर्थ अयोध्या ब्रहृमा, विष्णु र शिवको समन्वित रूप हो । उत्पात मच्चाउँदै ब्रहृमहत्या गर्ने पातकीहरूले समेत युद्ध गर्न नसक्ने हुँदा अयोध्या भनिएको हो । परमात्माका तीन प्रकारका अवतार छन् । सामान्य, विभूति र मुख्य ।
श्रीरामको चरित्रमा आदर्शपुत्र, आदर्शदाजु, आदर्शभित्र र आदर्श राजाको पूर्ण गुण भेट्न सकिएकाले मर्यादापुरुषत्तोम भनिन्छ । भगवान विष्णुको सातौं अवतारका रूपमा त्रेता युगमा अयोध्यामा जन्मलिनु भई रावणको दूराचारबाट मानवलाई रक्षा गर्नुभएको थियो । जन्मलिनु भई रावणको दूराचारबाट मानवलाई रक्षा गर्नु भएको थियो ।
पर्वतहरूमा हिमालय, नदीहरूमा गंगा, रूखहरूमा पीपल आदि परमात्माको अनन्त विभूति हुन् । यी सम्पूर्ण विभूति पूज्य र सम्मानीय भए त पनि कृपाशक्तिको सामथ्र्य नभएकाले उपास्य भने होइनन्, किनभने उपासनाको फलदिने शक्ति यी विभूतिहरूमा हुँदैन, आफ्नो कृपाशान्ति र करुणाशक्तिको सामथ्र्य भएका राम, कृष्ण आदि मुख्य अवतारहरू मुख्य अवतार हुन् । शरजागतको दुःख निवारण गरी उसको उद्धार गर्ने सामथ्र्य यी अवतारहरूमा छ । श्रीरामको चरित्रमा आदर्शपुत्र, आदर्शदाजु, आदर्शभित्र र आदर्श राजाको पूर्ण गुण भेट्न सकिएकाले मर्यादापुरुषात्तम भनिन्छ । भगवान विष्णुको सातौं अवतारका रूपमा त्रेता युगमा अयोध्यामा जन्मलिनु भई रावणको दुराचारबाट मानवलाई रक्षा गर्नुभएको थियो । जन्मलिनु भई रावणको दूराचारबाट मानवलाई रक्षा गर्नु भएको थियो ।
जन्मदेखि मृत्युसम्मको लीला र कर्महरूको गाथा वेद, उपनिषददेखि विभिन्न रामायणहमा उल्लेख गरिएका तथ्यहरूले सनातन सभ्यताको प्रतिनिधित्व गर्दछ । भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको उद्घाटन जनवरी २२, २०२४ मा गरिइने हुँदा सनातन सभ्यताको चर्चा विश्वभरि प्रारम्भ हुने देखिन्छ राम जन्मभूमिमाथि मुुगल शासन कालमा मस्जिदको निर्माणसँगै प्रारम्भ भएको मुद्दा सन् २०१९ नोभेम्बर १ मा उच्च न्यायलयद्वारा रामजन्म भूमिको पक्षमा निर्णय गरेपश्चात मन्दिर निर्माण सफल हुन सकेको हो । विवादित रामजन्म भूमिमाथि बाबरी मस्जिदको संरचनाका बारे सन् १९७६-७७ मा श्री बी.बी.लालको नेतृत्वमा उत्खन्न कार्य भएको थियो ।
त्यस उत्खनन् दलका मुस्लिम सदस्य के.क. मुहम्मदले आफ्नो पुस्तक ‘मै हुँ भारतीय’मा त्यहाँ मन्दिरका स्तम्भहरू रहेको बताएर हिन्दुहरूलाई दिनुपर्ने आशय प्रकट गरेका थिए । सन् २००३ मा पुनः हाइकोर्टको आदेश अनुसार सम्पन्न गरिएको ग्राउण्ड पेनेट्रेटिङ टेक्निक (जिपिआर)द्वारा सर्भे गर्दा मस्जिदका मुनि पचासीवटा हिन्दु मन्दिरका खम्बा प्राप्त भएका थिए । मस्जिदको आफ्नो कुनै आधार थिएनन् । अर्थात् मन्दिरकै पुरानो ढाचामाथि मस्जिद बनाएको पाइएको थियो । मन्दिरको खम्बा प्राप्त भएको थियो । के.के. मुहम्दले टाइम्स अफ इण्डियामा प्रकाशित आफ्नो अन्तर्वार्तामा मस्जिदको तल भगवान विष्णुको ठूलो मन्दिर रहेको पनि बताएका थिए ।
हे नारद ! सब पाप हर्न कन ता रामायणैले सरी,
अर्को मुख्य उपाय छैन सबको हित् यै छ अमृतसरि,
शम्भुदेखि सुनेर तत्व सब यो गान पार्वती गर्दछिन्,
रामको नाम अपार जानी बहुतै आनन्दमा पर्दछिन् ।
भानुभक्तका श्लोकहरू पुनः नेपाल, भारत भुटानका नेपालीभाषीहरूको माझ लोकप्रिय बन्दै सभ्यता सम्वादमा सहभागी हुनेछन् । ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका लाकुरी भञ्ज्याङस्थित शृङगीऋषिको गुफा तथा गोशृङ्ग तीर्थ, गोभ्राटेश्वर महादेवको प्रसंग हिमवत खण्डमा समेत वर्णन भएको पाइनुले रामचन्द्रको जन्मका लागि राजा दशरथद्वारा गरिएको पुत्रेष्ट यज्ञका मुख्य आचार्य शृङ्गीऋषिको योगदान पनि बुझ्न सहज बन्दछ । ‘विभाण्डक सुतश्चाहं तस्याहं सुत औरस : । ऋष्यशृङ्गी इतिख्यात नाम कर्म च मे भूवि : ।’ वाल्मीकि रामायण, बालकाण्डमा वणिति ऋषि शृङ्गीको परिचय गराउने तथ्यले त्रेता युगसँगको इतिहास यस नगरपालिकाको पाइन्छ । एशियाली सभ्यता सम्वाद २०१९ देखि अयोध्या राममन्दिर निर्माणसम्मकै ऐतिहासिक सभ्यता सम्वादमा महालक्ष्मी नगरपालिकास्थित सम्पदा र शास्त्रहरूले प्रतिनिधिल्व गर्न सक्नेछन् । महालक्ष्मी नगरपालिका नेपाल-भारत सभ्यता सम्वादको केन्द्र बन्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच