संघीय संसद्को महासचिवबाट गौतमले राजीनामा दिएपछि पदम प्रसाद पाण्डेको नाम सिफारिस

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय संसद्को महासचिवका डा. भरतराज गौतमले पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले आइतबार पदबाट राजीनामा दिनुभएको थियो । २०७७ सालमा नियुक्त हुनुभएका गौतमले कार्यकाल सकिनुअघिनै राजीनामा दिनुभएको हो ।

उहाँको राजीनामा राष्ट्रपति कार्यालयबाट स्वीकृत भएको हो ।

उहाँको राजीनामा स्वीकृत भएसँगै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त स्थानमा पदम प्रसाद पाण्डेको नाम सिफारिस गर्नुभएको छ।

पाण्डे प्रतिनिधिसभा सचिव हुनु हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?