४ सय २३ घरधुरीलाई निःशुल्क सोलार प्यानल वितरण

हिमालय टाइम्स
Read Time = 4 mins

-नृपेन्द्रबहादुर मल्ल
मुगु । खत्याड गाउँपालिका भरिका एकल महिला र दलित परिवारलाई निःशुल्क सोलार प्यानल बितरण गरिएको छ ।

ब्याक टु लाईफ जर्मनको आर्थिक तथा मानव अधिकार तथा वातावरण विकास केन्द्र (हेरेन्डेक मुगु) नामक गैरसरकारी संस्थाको सहजिकरणमा निःशुल्क सोलार प्यानल बितरण गरेको हो ।

विद्युतको कुनै पनि प्रसारण लाइनले नछोएको पश्चिम खत्याड गाउँपालिका भरिका ३ सय ३९ जना दलित र ८४ जना एकल महिला गरी ४ सय २३ घरलाई सौर्य पाता सेट बितरण गरिएको हो ।

प्रतिसेट २५ हजार मूल्य पर्ने ५० वाट क्षमताका सोलर प्यानलसेट पाएपछि दलित तथा एकल महिलाहरू खुशी भएका छन् ।

संस्थाले स्थानीयको दुःख बुझेर निःशुल्क सोलार उपलब्ध गराउँदा सारै खुसी लागेको खत्याड गाउँपालिका–९ का जयधर्म लावडले बताउनु भयो । 'हामी गरिबले पैसा हालेर सोलार किन्ने क्षमता थिएन,' उहाँले भन्नुभयो ’अब घरमा उज्यालो गर्न पाइने भयो ।'

वितरित सोलार प्यानलबाट ५ वटा बत्ती बाल्न मिल्ने र मोवाईल चार्ज समेत गर्न सकिने बताईएको छ ।

गाउँपालिकामा विधुत नहुँदा स्थानियहरु उज्यालोका लागि बर्षौ देखि झराको (दियालो) प्रयोग गर्दै आएका छन् । एकल महिला र दलित समुदायको लागि सोलार प्यानल वितरणले थोरै सख्यामा लाभान्वित भएपनी ठुलो राहत मिलेको महशुस भएको खत्याड ११ रातापानीका चैते आग्रीले भन्नुभयो ।

सोलार वितरणले विशेष गरि साँझपखको समयमा साना स्कुल पढ्ने बालबालिकाको लागि र काममा धेरै समय बेतित गर्ने महिलाबर्गका लागि सहज भएको छ ।

'सोलार पाउँदा घरमा उज्यालो गर्न झरो ल्याउन जङल तिर जाने आउने र झरो चिर्न लाग्ने समय बचत हुने भयो । बचत हुने समयमा छोरा छोरीले पढ्न,सरसफाइ गर्न र घरमा अन्य काम गर्न सक्ने भएँ । झरोको धुवाले सधै मैला काला देखिने लगाउने,ओड्ने ओछ्यान कपडा, भाडाकुडा र घर अब सफा हुने भए र सावुन,लुगा धुने पाउडरमा कमि आउने भयो' सोलार प्यानल पाएकी वडा न ११ का एकल महिला राजकला कार्कीले सुनाउनु भयो ।

'झरोको धुवाले कति पिरन्थ्यो त्यो भनेर साध्य छैन कहिले आँखा दुख्ने,कहिले सास फेर्न गार्हो हुने हुन्थ्यो । दम,खोकी त हाम्रा लागि रैथाने रोग जस्तै थिए अब सोलाए पाएपछी धुवाबाट केहिहदसम्म मुक्त हुने भयो' खत्याड ८ रिगा गाउँकी सानू सन्ज्यालले बताउनु भयो ।

सोलार प्यानल सेट बितरणका लागि करिव एक करोड भन्दा वढी रकम लागत रहेको मानव अधिकार तथा वातावरण बिकास केन्द्र मुगुुका प्रबन्धक नवराज रावतले जानकारी दिनुभयो ।

हेरेन्डेक नेपाल मुगुका सहायक प्रवन्धक विष्णु रावतका अनुसार सोलाल वत्ती र पाता खत्याड गाउपालीका वडा न ४ हिगोटी ११९ ,वडा ८ रिगा २२ सुकाढिक १८ आम १६ ,वडा न ९ नखर्जी १०४ र वडा न ११ रातापानी,लुइ ६० घरधुरी गरि जम्मा ३३९ दलित समुदायका घरधुरी सोलार पाता सेट वितरण गरिएको र एकल महिला तर्फ वडा न १,२,४,५,८,९,११ का क्रमश ११,१९,७,१४,७,१७,९ गरि जम्मा ८४ जनालाई सोलारपाता सेट दिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?