छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ स्थित कमलादेवी माध्यमिक विद्यायलका दुई शिक्षक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।

पीडित छात्राको जाहेरीका आधारमा गत शुक्रबार पक्राउ परेका शिक्षकद्वय सुरेन्द्र कोइराला र कविराज पौडेलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विद्यालयमा अध्ययनरत दुई छात्राले जाहेरी दिएपछि पक्राउ परेका उनीहरुलाई सिन्धुपाल्चोक जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?