
काठमाडौं । मेटलाइफले एक परिवर्तनकारी प्रयासमा क्यान्सरबाट बच्ने र उपचारपछिको चुनौतीपूर्ण यात्रालाई सम्हाल्दै आएका व्यक्तिहरूलाई व्यापक सहयोग प्रदान गर्न नेपाल क्यान्सर सर्वाइभर्स सोसाइटीसँग साझेदारी गरेको छ ।
साझेदारीले चेतनामूलक कार्यक्रमदेखि लिएर परामर्श सहयोगको सुविधा र जीविकाको विकासलाई प्रवद्र्धन गर्दै झण्डै करिब २५ सय जना सर्वाइभर्सको दिगो जीविकाका लागि मद्दत गर्नेछ ।
साझेदारीको मुख्य उद्देश्य मेटलाइफले सोसाइटीलाई सात लाखभन्दा बढीको आर्थिक सहयोग पुर्याउनु हो, जसले संस्थालाई विभिन्न कार्यक्रम जस्तै काठमाडौं र झापा क्षेत्रका शैक्षिक संस्थामा प्रभावकारी क्यान्सर सचेतना कार्यक्रम सञ्चालन गर्न सशक्त बनाउनेछ ।
कार्यक्रमले युवा पुस्तालाई क्यान्सरका जटिलताबारे शिक्षा दिन, रोकथामका उपाय, प्रारम्भिक अवस्था पत्ता लगाउन र रोग वरपरका प्रचलित अन्धविश्वास हटाउन महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच