काठमाडौं । आयरल्यान्ड ‘ए’ टोलिसँग नेपाल ‘ए’ २१ रनले पराजित भएको छ ।
ट्वान्टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ लाई जितको लागि दुई सय २३ रनको लक्ष्य दिएको थियो । विशाल लक्ष्य पच्छ्याएको नेपाल एले १९.१ ओभरमा सबै विकेट गुमाउर २०१ रन मात्र बनाउन सक्यो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २२२ रनको योगफल बनाएको थियो ।
नेपालका लागि लोकेश बमले ५२ बलमा शतक बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । आरिफ शेख र लोकेशले चौथो विकेटका लागि १ सय २१ रनको साझेदारी गरेका थिए । आरिफ ४९ रनमा आउट भए भने त्यसअघि लोकेश १०६ रनमा आउट भएका थिए । कप्तान विनोद भण्डारीले १७ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा आयरल्यान्ड ‘ए’ का लागि म्याथ्यु हम्फ्रिजले ३ र फिओन ह्यान्ड ३, म्याथ्यु फोस्टर २, ग्याभिन होए, टम मेयस र म्याथ्यु फोस्टरले एक/ एक विकेट लिए ।
नेपाल ‘ए’ का लागि कमलसिंह ऐरीले तीन विकेट लिए भने सागर ढकाल र आरिफ शेखले समान एक विकेट लिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच