काठमाडौं । युनिलिभर नेपालको ३०औँ वार्षिक साधारणसभा मंगलबार कम्पनीका अध्यक्ष देव बाजपेइ र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको उपस्थितिमा काठमाडौंमा सम्पन्न भएको छ । युनिलिभर नेपालले प्रतिफल र करपछिको नाफा १८३.४ करोड पुर्याएको छ, जुन गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो ।
कम्पनीका सेयरधनीहरू यस वर्ष कम्पनीकै इतिहासमा सर्वाधिक धेरै लाभांश प्रतिसेयर १५ सय ८० रुपैयाँका साथ लाभान्वित हुने भएका छन् । युनिलिभर नेपालले ३०औँ वार्षिकोत्सव हरेक घरमा, हरेक मनमा भन्ने नाराका साथ मनाइरहेको छ, जसले नेपालका हरेक नेपालीको घरमा उनीहरूको प्रिय ब्राण्ड र उत्पादनको फराकिलो दायरा हुनुलाई प्रतिबिम्बित गर्छ ।
सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक मुखर्जीले करपछि कम्पनीको खुद नाफा गत वर्षको १५४.२ करोडबाट बढेर यस वर्ष १८३.४ करोड पुगेको बताउँदै उक्त नाफा विगत १० वर्षकै सबैभन्दा धेरै भएको बताउनुभयो । कम्पनीको ८५ प्रतिशत सेयर संस्थापक सेयरधनीको रहेको छ भने बाँकी १५ प्रतिशत सेयर सर्वसाधारणको रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच