काठमाडौं । आइतबार उच्च अंकले बढेर सोमबार घटेको सेयर बजार मंगलबार पुनः उच्च अंकले बढेको छ । नेप्से १.८९ प्रतिशतले बढेर १९८५.४४ अंकमा पुगेको हो । यस दिन दुर्ई सय ९७ कम्पनीका एक करोड २४ लाख ६३ हजार एक सय ६८ कित्ता सेयर चार अर्ब ३० करोड ९० लाख १९ हजार एक सय ९६ रुपैयाँमा कारोबार भएको छ ।
सबै समूहका सूचक बढेकोमा सबैभन्दा धेरै होटल तथा पर्यटन समूह ४.३३ र जलविद्युत् समूह ३.३० प्रतिशतले बढेको छ । चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु), धौलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया र सोनापुर मिनरल्स एण्ड आयलको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । २४ कम्पनीको सेयर मूल्य भने घटेको छ ।
सबैभन्दा धेरै सिवाइसी नेपाल लघुवित्तको ५.११ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्टको १८ करोड सात लाख ११ हजार चार सय ८८ बराबरको कारोबार भएको छ भने कारोबार सेयर संख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयलको चार लाख २९ हजार आठ सय २७ कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
त्रैमासिक विवरण पेश गर्न निर्देशन
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सूचीकृत संगठित संस्थाहरूलाई तीन दिनभित्र वार्षिक तथा त्रैमासिक वित्तीय विवरणहरू उपलब्ध गराउन निर्देशन दिएको छ । विवरण उपलब्ध नगराउने कम्पनीलाई धितोपत्र सूचीकरण विनियमावलीबमोजिम कारबाही गरिनेसमेत नेप्सेले स्पष्ट पारेको छ । नेप्सेको सूचीकरण शाखाले मंगलबार एक सूचना जारी गर्दै धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम वार्षिक तथा त्रैमासिक वित्तीय विवरणहरू (प्रतिवेदन) सो विनियमावलीले निर्दिष्ट गरेको समयमा नेप्सेले उपलब्ध गराउन निर्देशन दिएको हो ।
नेप्सेले हालसम्म पनि केही संगठित संस्थाले वित्तीय विवरण समयमा पेश गरेको नदेखिएकाले त्यस्ता वित्तीय विवरण अनलाइन ट्रेडिङ सिस्टम (नट्स) को लग इनमार्फत् अपलोड गर्न भनेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच