गुल्मी । गुल्मीमा बाघको आक्रमणबाट एउटा बाख्राे मरेको अबस्थामा फेला परेको छ भने तीन वटा बाख्रा घाइते फेला परेका छैनन् ।
जिल्लाको छत्रकोट गाउँपालिका - ६ दौंघाका लक्ष्मण ज्ञवालीको खोरमा रहेका चार वटा बाख्रामाथि बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गए राति १स्०० बजेको समयमा ज्ञवालीको बाख्राको खोरमा बाघ पसी खोरभित्र बाख्रा मारेको भनि आज बिहान ७स्०० बजेको समयमा सूचना पाएपछि प्रहरी चौकी खर्ज्याङ्गबाट प्रहरी टोली खटिएको थियो । राति नै बाख्रा कराएको आवाज सुने पनि घरपरिवार डराएर नउठेको बताईएको छ ।
बाघको आक्रमणबाट एक वटा बाख्रा मरेको अवस्थामा खोर बाहिर नै फेला परेको र तीन वटा बाख्रा फेला नपरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच