काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको पुनरावेदनमाथि सुनुवाइ सकिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा आज भएको सुनुवाइअन्तर्गत भर्खरै बहस सकिएको हो ।
न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासमा जारी सुनुवाइमा निवेदन खाँणको तर्फबाट बहस सकिएपछि सरकारी वकिल महेश खत्रीले बहस गर्नु भएको थियो ।
खाँणका तर्फबाट वरिष्ठ अधिवक्ताहरू महादेव यादव, हरिहर दाहाल, सुरेन्द्रकुमार महतो, बार अध्यक्षसमेत रहनुभएका गोपालकृष्ण घिमिरे, प्रेमबहादुर खडका र कृष्ण सापकोटाले बहस गर्नुभएको थियो ।
यस्तै पूर्वमहान्यायधिवक्तासमेत रहेका अधिवक्ता खम्मबहादुर खाती र मनिराम उपाध्यायले पनि खाँणको पक्षमा बहस गर्नुभएको थियो ।
जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहनुभएका खाँणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएको थियो ।
१५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो ।
केहीबेर अघि सरकारी वकिल र खाँण तर्फका वकिलको पनि जवाफी बहस सकिएको छ ।
खाँणलाई छाड्ने या थुनामै राख्नेबारे केही बेरमा आदेश आउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच