काठमाडौं । देशभरका सिनेमाघरमा आजदेखि दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् ‘दुई कदम’ र ‘जम्प’ । ‘दुई कदम’लाई उदय सुब्बाले निर्देशन गर्नुभएको हो भने ‘जम्प’लाई आशुतोषध्वज कार्कीले ।
आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘दुई कदम’ र ‘जम्प’ प्रदर्शनमा आएका छन् । ‘दुई कदम’लाई उदय सुब्बाले निर्देशन गर्नुभएको हो भने ‘जम्प’लाई आशुतोषध्वज कार्कीले ।
‘दुई कदम’मा इओन लिम्बू, सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रीतिका शर्मालगायत कलाकारको अभिनय छ ।
चलचित्रको एक गीतमा विल्सनविक्रम राई, अभिनेत्री वर्षा सिवाकोटी र गीता ढुंगानालाई फिचरिङ गरिएको छ । अजम्बरी फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा तारादेवी लिम्बूको लगानी छ ।
दयाराम घिमिरेको पटकथा, विक्रम डिसीको छायांकन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, ताराप्रकाश लिम्बू, आशीष अविरल र विकास चौधरीको संगीत रहेको चलचित्रमा राजु किरातीको द्वन्द्व निर्देशन छ । धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम र झापामा छायांकन गरिएको चलचित्रलाई ऋच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गरेको छ ।
यस्तै, ‘जम्प’मा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मञ्जिल जिसी, शंकर महर्जन, एञ्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदीप भुसाल, इलिस विष्ट, रितेश राजकर्णिकारलगायत कलाकारको अभिनय छ । आशुतोषध्वज कार्कीको निर्देशन रहेको यो चलचित्रको आइतबार साँझ काठमाडौंस्थित बिग मुभिजमा प्रिमियर गरिएको थियोे । प्रिमियरपछि धेरैले चलचित्र भिन्न शैलीमा निर्माण भएको बताएका थिए ।
चलचित्रले मनोवैज्ञानिक थ्रिलर शैलीमा कथा भनेको छ । एउटा एथ्लेटिक्स खेलाडीको कथा चलचित्र पेस गरेको छ । जीवनमा सफलताको खोजी रहेको प्रमुख पात्रले सफलता पाउनका लागि दैवी शक्तिको सहारा लिएपछि आउने उतार चढाव यसमा प्रस्तुत गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच