
काठमाडौं । उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलगेसम्म महानगरको १२ मंसिरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
‘महानगरको स्वास्थ्य विभागले जारी गरेको सूचनाले कानुन बमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकूल असर परी अपुरणीय क्षति हुन सक्ने अवस्था देखिएको छ,’ अन्तरिम आदेशमा भनिएको छ।
महानगरको निर्णयविरुद्ध श्रीराम टोवागो उद्योगले मुद्दा दायर गरेकाे थियाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच