बारा । कलैयाको व्यापार व्यवसाय धराशायी हुँदै गएको किराना व्यापार संघ कलैयाका पूर्व अध्यक्ष विष्णु उपाध्यायले बताउनु भएको छ । किराना व्यापार संघ कलैयाको नयाँ कार्य समितिको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
कलैया उपमहानगरपालिका ४ स्थित तेली कल्याण समाज बाराको सभाहलमा शनिबार आयोजना गरिएको नवगठित किराना व्यापार संघ कलैयाको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कलैयाको व्यापार व्यवसाय दिनानुद्दिन ठप्प हुँदै गएको बताउनुभयो ।
कार्यक्रमको प्रमुख आतिथि समेत रहेका उपाध्यायले उपमहानगरपालिकासँगै टाँसिएर रहेको छिमेकी देश भारतको विहार राज्यको आदापुर, छैडादानो, घोडासहन लगायतका ठाउँहरुमा व्यापार व्यवसाय राम्ररी संचालनमा रहेको छ तर हामी कहाँ व्यापारको अवस्था दिनदिनै कमजोर हुँदै गएको जानकारी गराउनुभयो ।
‘सरकारको गलत नितिको कारण हामी व्यापारीहरु उठीवासको कगारमा पुगेको उहाँले जानकारी गराउनुभयो ।’ पहिला भन्सार संचालन नहुँदा समस्या रहेको थियो भने अहिले भन्सार संचालनमा आएर झनै समस्या थपिएको उहाँले बताउनुभयो । भन्सार संचानमा रहेको छ तर भंन्सारबाट उपभोक्ता भन्दा पनि व्यापारी र तस्करहरुले लाखौको समान भन्सार नै नगराई ल्याउने गरेको कारण हामीलाई समस्या हुने गरेको छ भने मूल्यमा समेत एकरुपकता नहुँदा यहाँका अधिकांश उपभोक्ताहरु भारततर्फ समान खरीद गर्न जाने गरेको उहाँले जानकारी दिनुभयो ।
हामीले बेच्ने दैनिक उपभोग्यको समानमा भारत विहारको दररेट भन्दा प्रति किलो २० देखि ३० रुपैयाँ सम्म फरक पर्ने गर्दछ जसको कारण सदरमुकाम आउने अधिकाँश उपभोक्ताहरु कलैयामा समान खरीद नगरी भारतको आदापुर छौडादानो, घोडासहन लगायतका छिमेकी बजारहरुमा जाने गरेको उहाँले बताउनुभयो ।
अहिले दिनभरि बसेर समय काटने गरेका छौ, यसपाली छठ, दिपावली समेतमा हाम्रो खासै विक्री भएको छैन । हामीले थोक विक्रेताहरुबाट लिएको समान जस्ताको त्यस्तै रहेको छ भन्सार छली गरेर ल्याउने समानको विगविगी भएकै कारण यहाँका खुद्रा मात्र होइन थोक व्यापारीहरु समेत पलायन हुने अवस्थामा पुगेको उहाँले जानकारी दिनुभयो ।
वर्तमान कार्य समिति अध्यक्ष सुनिल साहको अध्यक्षतामा सम्पन्न शपथग्रहण कार्यक्रममा बरिष्ठ उपाध्यक्ष ज्ञानेश्वर प्रसाद यादव, उपाध्यक्ष दिपलाल प्रसाद साह, महासचिव अजय साह, सचिव सुरेश प्रजापति, सहसचिव जयप्रकाश साह, कोषाध्यक्ष गौरीशंकर साह, सदस्यहरुमा सुशिल केशरी, सिकेन्द्र प्रसाद जयसवाल, राजेश गुप्ता, राकेश साह, राजेश प्रसाद केशरी, रामबाबु साह, संजय पटेल, राजा दासले शपथ ग्रहण गर्नुभएको थियो ।
त्यसैगरी गठित कार्यसमितिको बरिष्ठ सल्लाहकारमा विष्णु पौडेल, पप्पु साह, राजेश्वर पटेल, जटाशंकर साह, पुरुषोतम केशरी रहेको अध्यक्ष सुनिल साहले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच