काठमाडौं । जागिरे र व्यावसायिक यात्राका सिलसीलामा विगत एकदेखि जापानको ओशाका सहरलाई आफ्नो कर्मथलो बनाउँदै आउनुुभएका गीतकार टि.आर.गौडेलको शब्दमा ‘माया जोख्ने तराजु पा छैन’ बोलको गीत डिजिटल नेक्स्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
बाबुल गिरीको स्वर तथा संगीतमा तयार भएको गीतिमा गायनमा समीक्षा अधिकारीले स्वरमा गिरीलाई साथ दिनुभएको छ । म्युजिक नेपालको स्टुडियोमा रेकिर्डिङ भएको गीतमा ध्वनि सम्पादन तथा समिश्रण प्रकाश खरेलले गर्नुभएको छ ।
सर्जक स्वयं गौडेलले नै निर्देशन गरेको गीतको भिडियोमा पवन शुस्लिङको छायांकन र शिलन लम्सालको सम्पादन छ । भिडियोमा प्रथम क्षेत्री र पुनम श्रेष्ठको अभिनय छ । सच्चा प्रेम गर्नेहरू अप्ठ्यारोमा तर्किंदनन् बरू झन् साथ दिन तत्पर हुन्छन् भन्ने सन्देश दिएको भिडियोमा गौडेलले कलाकार प्रथमलाई क्यान्सर बिरामीको रूपमा र पुनमलाई निश्वार्थ प्रमिकाका रूपमा उभ्याउनु भएको छ ।
कलिलो हुँदा तामाले आकाश छुने महत्वकांक्षा राखेर हुर्किए पनि जब परिपक्क बन्दै बाँस बन्छ तब ननुगी सुखै पाउँदैन भन्ने भाव पस्किएको गीतमा मान्छेलाई पनि अनेक परिस्थितिले नुगाएरै छाड्छन् भन्ने दर्शाइएको छ । जापानी भाषामा समेत सबटाइटल राखिएको गीतको जापानी भाषानुवाद आबे मिनाकोले गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच