काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पाँच महिनामा पुँजीगत बजेट करिब १२ प्रतिशतमात्रै खर्च भएको छ । मंसिरसम्म पुँजीगत बजेट ११.९४ प्रतिशतमात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ ।
तथापि राजस्व भने झण्डै तीन खर्ब ६४ अर्ब असुली भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले लिएको नीतिले एफपिओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट दुर्ई दिनमा १२ अर्ब ८१ करोड रुपैयाँ राज्यकोषमा कर दाखिला भएको छ ।
आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार शुक्रबार र शनिबारसम्म एफपिओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट उक्त रकम राज्यकोषमा दाखिला भएको हो । तथापि कर दाखिला गर्ने समय शनिबार राती १२ बजेसम्म रहेको छ ।
शनिबारसम्म दाखिला गर्नेले जरिवाना छुट पाउने व्यवस्था छ । आइपिओ वा एफपिओबाट उठाएको रकम पुँजी भएको तर लाभ नभएको जिकिर गरेका १६ बैंकहरूले हालेको रिट शुक्रबार सर्वोच्चले खारेज गरिदिएको थियो ।
गत आर्थिक वर्षको मंसिर २९ गतेसम्मको तुलनामा समग्र राजस्वमा ११ प्रतिशतको वृद्धिदर देखिएको छ । सरकारले चालु आर्थिक वर्षमा ४० प्रतिशतको वृद्धिसहित १४ खर्ब २२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच