सुनको मुल्य घट्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल बजारमा आइतबार सुन तोलामा एक हजार ३०० रुपैयाँले सस्तो भएको छ ।

गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ घटेर १ लाख १७ हजार ८०० रुपैयाँ र तेजाबी सुन भने तोलाको १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार तोलाको एक लाख १९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर तोलाको १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?