
बागलुङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनको चार वर्षपछिको निर्वाचनको चिन्ता नलिन आग्रह गर्दै काममा केन्द्रित हुनु पर्ने बताउनुभयो ।
प्रेस युनियन बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ‘मिसन ८४’ भन्दा ‘भिजन ९५’ मा लाग्न आवश्यक रहेको बताउनुभयो । उहाँले निर्वाचनको चिन्ता लिनुभन्दा आगमी २०९५ सालसम्म गर्न सकिने विकास निर्माणको खाका तयार गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।
“नेपालमा भुकम्पपछि घर पुननिर्माण गर्नुभन्दा घर भत्कनै नदिने भिजन चाहियो, तत्कालै संभव नहोला तर १५ वर्षभित्र नेपाल एउटा चरणमा पुग्नेगरी योजना बनऔं” शर्माले भन्नुभयो । पत्रकार सम्मेलनमा आगमी फागुन सात गतेदेखि शुरु हुने नेपाली कांग्रेसको महासमिति बैंठकमा अहिलेको सरकारको कामको विषयमा गम्भिर छलफल हुने बताउनुभयो ।
“अहिले भइरहेको सरकारको काम सुस्त भएको छ, सरकारमा नेपाली कांग्रेस समेत छ, हामीले सरकारमा गएका मन्त्रीहरुको कामको समिक्षा गर्नेछौं, आगमी फागुन सम्म सरकारको कामले गति लिन आवश्यक छ नत्रभने सरकारको गम्भिर समिक्षा गर्न बाध्य हुनेछौं” शर्माले भन्नुभयो “कांग्रेस समेत क्षेत्रीय र जिल्ला सम्मेलनबाट आफूलाई सुधार गर्दै अगाढी बढ्ने सन्र्दभमा छ, निर्वाचनको चिन्ता छोडेर सबै दल समृद्धिका लागि केन्द्रित हुन आवश्यक छ ।”
उहाँले पार्टी नेतृत्व मुलुक परिर्वतनका लागि गम्भीर बन्नु पर्ने बताउनुभयो । नागरिकले महशुस हुने गरि काम गर्नका लागि जनताले पटक–पटक चुनाव जिताए पनि जनचाहना अनुसार काम हुन नकसकेको महामन्त्री शर्माको भनाइ छ । लोकतन्त्रको विकल्प लोकतन्त्रनै भएको उहाँको दाबी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच