कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 1 min

धनगढी । कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कैलारी गाउँपालिका-७ बर्का बसन्ता स्थित हुलाकी सडक खण्डमा बा ८१ प ४२९८ नम्बरको मोटरसाईकल र से ५ प ४७७४ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा सोमवार साँझ दुर्घटना भएको हो ।

बा ८१ प ४२९८ नम्बरको मोटरसाईकल चालकको कैलारी गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय शिशिर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाईते भएका शिशिरको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाईते भएका से ५ प ४७७४ नम्बरको मोटरसाईकल चालक भजनी नगरपालिका-५ का २६ वर्षीय बिरबहादुर चौधरी र सोही मोटरसाईकलमा पछाडीसवार २८ वर्षीय राजेश डगौराको निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको छ। दुबै मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?