काठमाडौं । सर्वोच्च अदालतले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाएर मन्त्रालयमा हाजिर गराउने निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
मंगलबार सर्वोच्चका न्यायाधीशद्धय सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय कार्यान्वयनमा रोक लगाएको हो ।
आफूलाई वीर अस्पतालको निर्देशकबाट हटाएर मन्त्रालयमा सरुवा गर्ने निर्णयविरुद्ध डा पौडेलले गएको मंसिर १८ गते रिट दायर गर्नु भएको थियो। उहाँले रिटमा आफू नियुक्त भएको पदमा पूरा कार्यकाल काम गर्न पाउनुपर्ने माग गर्नुभएको थियो ।
अब अदालतबाट अन्तिम आदेश नहुँदासम्म उहाँले निर्देशककै रूपमा काम गर्र्नु हुने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच