
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल शेयर खरिद बिक्री प्रकरणमा आफ्नो र छोरीको नाम जोड्नु वर्तमान राजनीतिक प्रणाली, संविधान र गणतन्त्र बिरुद्धको हमला भएको बताउनुभएको छ ।
मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एनसेल शेयर खरिद बिक्री प्रकरणमा आफू र छोरीको नाम जोड्नु राजनीतिक प्रणाली, संविधान र गणतन्त्र विरुद्धको हमला भएको बताउनुभएको हो ।
उहाँले कतिपय मानिसहरु आफूलाई ‘ह्युमुलेट’ र ‘डिप्रेश’ नगरेसम्म व्यवस्था उल्टिँदैन भनेर त्यही ढंगले लागेका बताउनु भयो । उहाँले एनसेल प्रकरणमा आफ्नो परिवारमाथि लगाइएको आरोप झुठो भएको बताउनु भयो । उहाँले लगाइएको आरोपहरु सावित नहुने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘म सँग जोडेर प्रचार गिरिजाबाबुले धमिजा काण्डमा गरेको भन्दा प्रचण्डले एनसेल काण्डमा ४८० गुणाबढी भ्रष्टाचार गरेको छ । त्यो साँचो भएको भए त म बाँच्नै नसक्ने हुन्थ्यो । त्यो झुठो हो भन्ने मलाई थाहा भएपछि त म ढुक्क छु ४८०, ५००, १००० बढी भनेपनि त्यो सावित हुनेवाला छैन । अब मेरो परिवारका सदस्य घट्दै गएर ३ जना भएका छौँ । त्योमध्ये एउटा भरतपुर महानगरपालिकाको मेयर छ, ऊ उतै बढी व्यस्त हुन्छ । एउटा छोरी छ, विचरा त्यो कस्ती छ तपाईहरुले थाहा पाउनुभएकै छ । उसलाई जोडेर बनाएको छ । उचालेको छ । भन्दा म के ठान्छु भने यो वास्तवमा संविधान, प्रणाली, गणतन्त्र, लोकतन्त्र विरुद्धको हमला हो । म स्पष्ट छु त्यसमा । किनकी प्रचण्डलाई नराम्रोसँग ह्युमुलेट नगरेसम्म र डिप्रेश नबनाएसम्म यो उल्टिने भएन भन्ने छ नि त एकथरीलाई ।’
प्रधानमन्त्री दाहालले एनसेलको शेयर खरिद, बिक्री गर्नेहरुलाई आफूले चिनेको भएपनि कानून, संविधान र प्रणालीको बिरुद्धमा गए नछोड्ने बताउनु भयो । चिनेजानेको नाताले अनुहार हेरेर नबस्ने उहाँको भनाई छ ।
प्रधानमन्त्री दाहालले एनसेल शेयर किनबेच प्रकरणमा पहिलो दृष्टिमै गडबडी देखिएको बताउनुभएको हो ।
उहाँले सो प्रकरणमा जालझेल भएको कुरामा आफू स्पष्ट रहेको बताउनुभयो । उहाँले आर्थिक वर्ष ०७२÷०७३ को भ्यालुएसन १४३ अर्ब हुँदा अहिलेको भ्यालुएसन २०० अर्बको हुनुपर्ने भन्दै ६ अर्बको भ्यालुएसन गर्नु जालझेल भएको बताउनु भयो ।
एनसेलले आफ्नो स्वामित्व नेपाल सरकारलाई हस्तान्तरण नगर्ने नियत राखेको पनि उहाँले बताउनु भयो । प्रधानमन्त्री दाहालले कानूनी छिद्रलाई टाल्ने र एनसेल बिरुद्धको लडाइँमा जुनसुकै मूल्य चुकाउनका लागि पनि आफु तयार रहेको बताउनु भयो ।
प्रधानमन्त्री दाहालले विगतमा आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि एनसेललाई कर तिराएको स्मरण गराउनु भयो । त्यसबेला नेपालले मुद्दा जितेर नेपालको ६५ अर्ब जोगिएको उहाँको भनाई छ ।
एनसेल शेयर किनबेच प्रकरणमा यो कुत्ता दलाल भ्रस्ट प्रचंडे र एसका छोरीको को १०००००००%%%%% हात छ देस को लुटेको सम्पति मा भागबंडा र पैसा मा ताण्डब नृत तै चुप मै चुप — सब नाटक हो -चेत ना भया–जय होस महाराजा प्रचंडे , सेरे,ओली , श्रेष्ट ,भट्टे ,हरिबोले ,बहादुरे ,मनि ,माकुने ,झले ,जनार्दने , पुने, देवे , सिटौला ,गगने लगाएत अधिकांस भ्रस्ट सांसद र त्यसका कुत्ता दलाल हरामी डाका भ्रस्ट चोर चुतिया झोले कार्यकर्ता को -मेरो प्रस्न नेपालकै इतिहासमा छानबिन को निस्कर्स के निक्लेको छ?? टाइ टाइ फिस —धमिजा ,लाउडा ,ललिता निवास ,क्योंतोमेंट देखी अहिले सम्म १०० वटा भन्दा बढी खर्बौ खर्ब भ्रस्टाचार को छानबिन के भयो ?????????माकुने सेरे प्रचंडे र ओली को भेटघाट लेनदेन अनि सेटलमेन्ट-नेपाली निर्हिए जनता हेरेको हेरै