संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघको महासभाले ‘सिंथेटिक ड्रग्स’ले उत्पन्न गरेको विश्वव्यापी जनस्वास्थ्य र सुरक्षा चुनौतीलाई सम्बोधन गर्नका लागि कदम चाल्न आहृवान गर्ने प्रस्ताव पारित गरेको छ ।
सो प्रस्तावमा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई साझा जिम्मेवारीको सिद्धान्तनुरूप राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा घरेलु कानुन र परिस्थिति अनुसार विश्वव्यापी जनस्वास्थ्य र सुरक्षा चुनौती सम्बोधन गर्न समन्वयात्मककार्य गर्न आहृवान गरिएको छ ।
सिंथेटिक औषधिहरूको अवैध उत्पादन र ओसारपसार, साथै गैरचिकित्सा र गैर-वैज्ञानिक उद्देश्यका लागि तिनीहरूको वितरण, उपभोग र प्रयोगले विकराल समस्या निम्त्याउन सक्ने खतरालाई विशेष रूपले सम्बोधन गर्न सो प्रस्ताव प्रस्तुत गरिएको जनाइएको छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच