बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार बेइजिङमा रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गर्नुभएको छ । चालु वर्षमा रुसी राष्ट्रपति पुटिनसँग दुई पटक भेटवार्ता गरेको उल्लेख गर्दै राष्ट्रपति सीले दुई देशका सरकार तथा संसद् राजनीतिक दल र स्थानीय तहबीच विभिन्न व्यापारिक सहयोग भएको बताउनुभएको छ ।
यस वर्षमा चीन तथा रुसबिचको द्विपक्षीय व्यापारमात्रा दुई सय अर्ब अमेरिकी डलरको लक्ष्य हासिल गरी दुई देशीय सम्बन्ध लाभकारी, लचिलो तथा व्यापक भएको राष्ट्रपति सीको भनाइ छ । यसै सन्दर्भमा उहाँले चीन र रुस सम्बन्धलाई कायम राख्दै विकास गर्नु दुवै देशका जनताको हितमा छनोट भएको बताउनुभएको छ ।
चीनले रुसी जनताको रोजाइको विकासको बाटोमा हिँड्न सहयोग गरेको बताउँदै राष्ट्रपति सीले आगामी वर्ष चीन रुसको कूटनैतिक सम्बन्ध स्थापना भएको ७५औं वार्षिकोत्सवलाई नयाँ बिन्दुमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच