
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन नेपाल सनातन धर्म संस्कृति संगठनले बिहिबार प्रदर्शन गरेको छ ।
बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किराँतीले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सो संगठनले आज पशुपतिनाथ मन्दिर परिसरमा प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीले मन्त्री किराँतीको राजीनामा पनि माग गरेका छन् ।
बुधबार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियनलाई नमान्नेहरु संविधान विरोधी भएको र उनीहरुलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिनुभएको थियो । उक्त अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच