
काठमाडौं । अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) ले १२औँ प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगितामा मिश्रित प्रदर्शन गरेको छ । प्याब्सन मध्यक्षेत्रीय समिति, काठमाडौंको आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेको एआइए जुनियर ब्वाइजमा भने पराजित भयो । सिनियर ब्वाइजमा एआइएले लिभरपुललाई २२-१० ले पराजित गर्यो । जुनियर ब्वाइजमा स्वप्न वाटिकाले एआइएलाई १८-११ ले हरायो ।
सिनियर ब्वाइजमा स्पाङ्गलले एसियन पब्लिकलाई २४-११ तथा काठमाडौं जेभियरले स्वप्न वाटिकालाई १९-१४ ले पाखा लगायो । जुनियर ब्वाइजमा सूर्योदयले लिभरपुललाई २४-४, काठमाडौं जेभियरले लिटिल फ्लावरलाई २८-१४ र भद्रघलेलाई १८-८, इनोभेटिभले हेम्सलाई १६-१०, सनसाइनले केइएसलाई २०-६, चैतन्यले अक्षरलाई २०-१५ तथा स्पाङ्गलले अल्वर्टलाई १७-२ ले पन्छायो ।
सिनियर गल्र्समा भद्रघलेले केइएसलाई ११-७, सिर्जनशीलले स्पाङ्गललाई ६-३ र सनसाइनले अल्वर्टलाई १९-२ ले निराश पार्यो । आयोजक समितिमा आबद्ध विभिन्न १८ विद्यालयका ५० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष दिनेशकुमार पाण्डेले जनाउनुभएको छ । सिनियर ब्वाइज र गल्र्समा समान १६–१६ तथा जुनियर ब्वाइजमा १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच