कालीकोट । पछिल्लो समय बढ्दै गइरहेको बालबिवाह, जातीय विभेद, छाउपडी प्रथा लगायतका विसंगती र विकृतीलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ शनिबार कालीकोटको पर्यटकीय क्षेत्रमा कोटदरबारमा पत्रकार सम्मेलन गरिएको छ ।
कालीकोटमा बालबविाह बढ्दै गएपछि यसको रोकथाम र न्यूनीकरणमा सरोकारवालाको ध्यानाकर्षण गराउने उद्देश्यका साथ पर्यटकीय क्षेत्र कोटदरबारमा कार्यक्रमको आयोजना गरिएको बालबिवाह विरूद्व साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार अभियानले कर्णाली प्रदेशका ३० वटा स्थानीय तहहरुमा अभियान मार्फत बालबिवाह न्यूनीकरण बालबिवाह सम्बन्धि रणनीति तयार गरेको बताउँदै कालीकोटमा ३ स्थानीयतहहरुमा यसले काम गरिरहेको बताउनुभएको छ ।
बालबिवाहविरुद्ध साझा अभियानले कालीकोटको खाँडाचक्र नगरपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा काम गरिहेको उहाँको भनाइ छ । समाजमा ब्याप्त बालबिवाह न्यूनीकरणको अभियानमा सबैले साथ सहयोग र समन्वय गर्नुपर्ने अधिकारीले बताउनुभयो ।
लामो समयदेखि कालीकोटमा विभिन्न संघसंस्थाहरुले बालबिवाह न्यूनीकरणका लागि विभिन्न पालिकामा परियोजना मार्फत काम गरिरहेका छन् । तर पनि ती क्षेत्रहमा अझै बालबिवाह घट्न नसकेको नागरिकको बुझाई छ ।
संघसंस्थाका परियोजनाले मात्र चाहेर यसको अन्त्य र रोकथाम नहुँने भन्दै बालबिवाह बिरुद्ध साझा अभियान कालीकोटले जिल्लास्थित पत्रकार, कलाकार र राजनीतिक दलका नेताहरु पनि यो अभियानमा जुट्नुपर्ने निश्कर्ष निकालेको छ ।
आआफ्नो क्षेत्रबाट सबैले बालबिवाह विरुद्ध आवाज उठाउनुपर्ने र चेतना फैलाउनुपर्नेमा सम्मेलनका सहभागीहरुले जोड दिएका छन् । बालबिवाह विरुद्धको साझा अभियानको सदस्यमा कालीकोट जिल्लास्थित क्रियाशिल संघसंस्था सदस्य रहेको छन् भने यस अभियानको संयोजकको जिम्मेवारी कालीकोट जिल्लामा रहेको मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालीकोटले गरेको छ ।
अभियानमा जुटे कलाकारदेखि पत्रकार हुँदै नेतासम्म
बालबिवाह बिरुद्धको साझा अभियानमा कालीकोटका कलाकारदेखि पत्रकार हुँदै नेताहरु पनि यो अभियानमा जुटेका छन् । शनिबारको पत्रकार सम्मेलनमा जिल्लास्थित विभिन्न मिडियामा कार्यरत पत्रकार, स्थानीय कलाकार र राजनीतिक दलका नेताहरुले यो अभियान सबैको साझा अभियान रहेको भन्दै सबैले समन्वय गर्नुपर्ने जाेड दिएका हुन् ।
कालीकोटको पर्यटकीय क्षेत्र कोटदरबारमा शनिबार कलाकार, पत्रकार र केही नेताहरुले सयुक्त सांगीतिक कार्यक्रम गर्दै सानैमा बालबिवाह गरे ज्यान समेत जाने भएकाले उमेर परिपक्क नभई बिवाह गर्न नहुँने भन्दै देउडा दोहोरी मार्फत सन्देश दिएका छन् ।
कालीकोटका चर्चित देउडा खेलाउडा साहित्यकार एवम् एमालेका युवा नेता पुष्पराज आचार्य, गायक बसन्त बिक, हस्त चौलागाईं, धर्मराज ताम्राकार, बहादुरे बिक, कलाकार एवम् रेडियो प्रदेश आवाजमा कार्यरत सञ्चारकर्मी प्रिमा विश्वकर्मा (प्रेरणा) यशोदा विश्वकर्मा, तारा साार्की, छत्रकला शाही लगायतले दोहोरी गीत मार्फत बालबिवाह गरेपछि अकालमा ज्यान जाने, छाउगोठमा मरेपछि सबैको ध्यान जाने जस्ता चेतनामूलक गीत मार्फत सन्देश फैलाएका थिए ।
कार्यक्रममा गाइएका गीतका केही अंश :
१) बालबविाह गरेपछि, अकालमा ज्यान जान्छ ।
छाउगोठमा मेपछि , सबैको ध्यान जान्छ ।।
२) हटिजा छुवाछूत पनि, हटिजा छाउपडी ।
कालीकोट बिग्रिन लाग्यो, रक्सी चल्दो बढी...
जस्ता जनचेतनामूलक गीत मार्फत बालबिवाह बिरुद्ध सचेतना फैलाएको नेपाल पत्रकार महासंघ कालीकोटका उपाध्यक्ष नमराज योगीले बताउनुभयो । पछिल्लो समय यो अभियानमा सबैले साथ दिन थालेको बताउँदै यसको अन्त्य गर्न अब धेरै समय नलाग्ने उहाँले बताउनुभयो ।
पर्यटकीय क्षेत्र कोटदरबारको कार्यक्रममा सहभागी
तस्वीर : मानबहादुर बिश्वकर्मा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच