-नृपेन्द्र बहादुर मल्ल
मुगु । नेपाल प्रहरीका महानिरिक्षक बसन्तबहादुर कुँवरले प्रहरी जनताको सेवक भएकाले प्रहरीका कामहरु जनता प्रति समर्पित हुनु पर्ने बताउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुको नवनिर्मित भवन उद्घाटन गर्न मुगु पुग्नु भएका महानिरिक्षक कुँवर भवन उदघाटन पछि यस्तो बताउनु भएको हो ।
उहाँले स्थानिय नागरिकको साथ पाए प्रहरी अपराध अनुसन्धानमा सफल हुने बताउदै त्यसका लागि नागरिकको जागरुपता पनि आबश्यक रहेको बताउनु भयो । उहाँले थप्नुभयो प्रहरी भित्र पनि आन्तरिक सुदृढिकरण भईरहेको छ । एक दुई जना गलत व्यक्तिहरुले गरेको गलत कार्यको भार समग्र संगठनले बोक्न सक्दैन । कोही कसैलाई पनि गल्ती गर्ने छुट पनि छैन् । गलत कार्यको संरक्षण पनि गर्नुहुँदैन। नेपाल प्रहरीले व्यक्तिगत लाभ भन्दा पनि समग्र संगठन र देशको हित हुने कार्य गर्नका लागि प्रदेश र जिल्लालाई निर्देशन दिनु भयो । हामी जनताका सेवक हौँ । हाम्रो काम जनताको सेवामा समर्पित हुने हो । त्यसका लागि कुनै पनि कसुर बाँकी नराख्ने गरी काम गर्नुहोस र अपराधमा शुन्य सहनशिलताको नियम पालना गर्नुहोस प्रहरीका सबै दर्जालाई मेरो निर्देशन भयो महानिरिक्षक कुवरले भन्नुभयो ।
कार्यक्रममा छायानाथ रारा नगरपालिका प्रमूख बिष्णुकुमार भामले नेपाल प्रहरीले समुदायमा हुने अपराध न्यूनिकरणका साथै जिल्लाको शान्ति सुरक्षामा राम्रो काम गरेको भन्दै नेपाल प्रहरीको प्रशंसा गर्नुभयो । उहाँले गत कात्तिक ८ गते छायानाथ रारा नगरपालिका वडा नं. ६ मन्दु गाँउमा एकै परिवारका चार जनाको सामुहिक हत्या घटनाको सफल अनुसन्धान गरी दोषिलाई कानुनी दायरामा ल्याउन सफल भएको भन्दै अनुसन्धानमा खटिने सबैलाई र समग्र प्रहरी संगठनलाई सम्मान गरेको भन्दै प्रहरी महानिरिक्षक बसन्त बहादुर कुवरलाई सम्मान पत्र सहित सम्मान गर्नु भएको थियो ।
मुगुमा प्रहरीको आफ्नै सुविधायुक्त भवन उद्घाटन
जिल्ला प्रहरी कार्यालय मुगुको सुविधा सम्पन्न भवन उद्घाटन गरिएको छ । आईतबार प्रहरी महानिरिक्षक बसन्तबहादुर कुँवरले उक्त भवनको उद्घाटन गरेका गर्नु भएको हो ।
२०२२ सालमा स्थापना भएको जिल्ला प्रहरी कार्यालय मुगु हालसम्म जिर्ण भवनमा संचालन हुदै आएको थियो । नेपाल सरकारबाट प्राप्त नियमित बजेटबाट २०७६ साल ठेक्का प्रक्रियामा गएको मुगु प्रहरीको भवन रोयल कन्ट्क्शन धनगडी कैलालीसँग भ्याट सहित ७ करोड ५६ लाख ६३ हजार रुपैयामा २०७६ साल माघ ६ गते निर्माण सम्झौता गरिएको थियो । जुन भवनमा कार्यालय भवन, ब्यारेक, कार्यालय प्रमूख तथा सिनियर अधिकृत निवास, हिरासत कक्ष, भान्छा लगायतका सबै संरचनाहरु सुविधायुक्त निर्माण गरिएको छ ।
भौगोलिक रुपमा कर्णाली प्रदेशको अति नै विकट जिल्लाका रुपमा चिनिने मुगु स्थित जिल्ला प्रहरी कार्यालयको आधुनिक सुविधायुक्त भवनहरुले यस जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुको जिम्मेबारी निर्बाह गर्न थप उर्जा र हौसला थपिएको प्रदेश प्रहरी प्रमूख डिआईजी भमिप्रसाद ढकालले बताउनु भयो । उहाँका अनुसार कर्णालीमा धेरै प्रहरी युनिटहरु जोखिमयुक्त भाडाका भौतिक संरचनामा संचालन भईरहेका छन् । यसले प्रहरीको कार्य सम्पादनमा समस्या पार्ने गरेको छ ।
हाल कर्णालीमा स्वीकृत ३ सय १८ प्रहरी युनिटहरु मध्य ७८ प्रहरी युनिटहरुको मात्र आफ्नै कार्यालय भवन रहेका छन् । बाँकी २ सय ३० प्रहरी युनिटहरु भाडामा संचालन रहेर नागरिकहरुलाई सेवा प्रबाह गरिरहेका छन् । डिआईजी ढकालले भन्नुभयो, प्रहरीको आफ्नै भवन नहुँदा सेवा प्रबाहमा कठिनाई महसुस भएको छ । कर्णालीको भौगोलिक विकटताका बाबजुत पनि गाँउ गाँउमा सचेतना अभियान चलाएर नागरिकहरुलाई सुरक्षामैत्री बनाउदै गस्ती, पेटेलिङ्ग, आबश्यक ठाँउमा प्रहरी बिट र पोष्ट स्थापना, जनशक्तिको व्यवस्थित परिचालन, प्रविधिको प्रयोग, निगरानी जस्ता क्रियाकलापहरु प्रभावकारी रुपमा संचालन गरिएको छ ।
कर्णालीमा शान्ति सुरक्षालाई मजभुत बनाउन नेपाल प्रहरी कार्ययोजना २०८०, सुरक्षित कर्णाली बिशेष अभियान मार्फत १४ कार्यक्षेत्र र ७८ कार्यक्रम तयार गरि कार्यन्वयन गरिएको छ । हरेक परिवारले आफुलाई समस्या पर्दा प्रहरीसँग सहजै सम्पर्क गर्न सकुन भन्ने उद्देश्यले हरेक घरमा प्रहरीको नम्बर सहितको स्टिकर अभियान अन्तरगत जम्मा ३ लाख ७१ हजार १ सय २५ घरधुरी मध्य २ लाख ४० हजार १ सय ३३ घरमा स्टिकर टास गर्ने कार्य सम्पन्न भईसकेको छ ।
नागरिकलाई प्रभावकारी सेवा सहज रुपमा प्रदान गर्न सबै प्रहरी युनिटहरुमा नागरिक सहजकर्ता प्रहरी परिचालन गरिएको छ । सबै प्रहरी युनिटमा निवेदन लेख्न नसक्ने नागरिकहरुलाई निशुल्क निवेदन लेख्ने अभियान चलाईएको छ । लागुऔषध बिरुद्ध लाल्टीन अभियान अन्तरगत ३ सय ६७ लाल्टीन समुह गठन गरी सक्रिय रहेका छन् । यसबाट कर्णालीका सबै जिल्लामा अपराध नियन्त्रण, शान्ति सुरक्षा अमनचयन कायम हुनुका साथै नागरिकमैत्री प्रहरी सेवाको सुनिश्चितता भएको छ ।
मुगु जस्तो विकट जिल्लामा कार्यरत प्रहरीहरुको अवस्थालाई मध्यनजर गरेर सुविधा सम्पन्न भवनहरु बनाउन प्रहरी केन्द्रिय नेतृत्वको पहल कदमीले आफुहरु नतमस्तक भएको त्यसैमा पनि भवन उदघाटन गर्न हामो्र अविभावक प्रहरी महानिरिक्षक स्वमं उपस्थिित भैदिनाले मुगुमा खटिएका सबै प्रहरी परिवारमा झर्नै उर्जा थपिएको र जिल्लाका कुना कन्दरामा रहेका प्रहरी चौकीहरु पनि सुविधा सम्पन्न बन्नेमा आफुहरु आशाबादी भएको मुगु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले आशा,भरोसा र खुशी व्यक्त गर्नु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच