
नवलपरासी । बुटवल नारायणगढ सडक विस्तारको काम कछुवाको गतिमा निर्माण हुदा स्थानीयलाई सास्ती भएको छ । सडक निर्माणको काम सुरुभएको ५ वर्ष हुन लाग्दा जम्मा ४४ प्रतिशत मात्र काम भएको हो ।
सडक निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनी चाइना स्टेट कम्पनीले विभिन्न बहाना देखाउँदै सडक निर्माणमा ढिला सुस्ती गरिरहेको छ । कम्पनीले कोभिट र निर्माण सामग्रीको अभावको बहाना बनाउँदै काममा ढिलाइ गरेको हो । सडक विस्तारको काम ढिलो हुँदा यस क्षेत्रका स्थानीय वर्खामा हिलो र हिउँदमा धुलोले सास्ती खेप्न बाध्य छन् ।
२०७५ साल माघमा काम सुरु गरेर तीन वर्षमा निर्माण सम्पन्न हुनुपर्ने काम दुई पटक म्याद थप गर्दा समेत ५० प्रतिशत पनि काम हुन नसक्दा यात्रु र स्थानीयले दुर्घटनाको जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । तर ठेकेदार कम्पनीले भने अहिले कामले तीव्रता लिएको र २०८१ पुष मसान्त सम्ममा काम सक्ने दाबी गर्दै आइरहेको छ । “अहिले काम तीव्र गतिमा नै छ कुनै बाधा अड्चन नभै सरासर काम गर्ने अवस्था भयो भने अब तोकेकै समयमा सक्छौँ” चाईनास्टेट कर्पोरेसनका इन्जिनियर राकेश झाले भन्नुभयो ।
बाटोको दुराअवस्थाले यो बाटो भएर यात्रा गर्ने आम सर्वसाधारण आजित भएका छ ।” धुलो उड्यो भनेर पानी हाल्छन्, दिनमै कयौँ बाइक चिप्लिएर दुर्घटना भएको छ” ढिलासुस्तीले बाटो बन्ने बेलासम्म कतिको ज्यान लिने हो” बर्दघाट ०४ निवासी राजु पाण्डेले गुनासो गर्नुभयो ।
पाण्डे भन्नुहुन्छ –“बाटोको अवस्था निकै नाजुक छ । धुलो उडी रहन्छ । बाटोमा पानी हाल्दा बाटो चिप्लो भएर दैनिक दर्जनौं सवारी साधनहरु दुर्घटनामा परिरहेका प्रत्यक्ष देख्नु परेकोे छ ।“
१६ अर्ब ९९ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको सडक २०८१ को म्याद असार मसान्त सम्म मात्र छ । तर , यस अवधिमा ७५ प्रतिशत मात्र काम सकिने ठेकेदार कम्पनीको भनाई छ । सोही अनुसार तेस्रो पटक म्याद थप गर्ने ठेकेदार पक्षको तयारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच