![औद्योगिक विकासमा प्रेस स्पष्ट, कानुन अस्पष्ट](https://ehimalayatimes.com/wp-content/uploads/2023/12/Krishna-Gyanawali.jpg)
गत वर्ष आजकै दिन पुस १० मा सत्तारोहण गरेका प्रधानमन्त्री पुष्पकमल दाहालको एक वर्ष पूरा भएको छ । यतिबेला उनको यो एक वर्षीय कार्यकालको समीक्षा भइरहेको छ । विगत ३३ वर्षदेखि पार्टीमा एकछत्र राज गरेका दाहालले तेस्रो पटक मुलुकको नेतृत्व सम्हालेको एक वर्ष पुगेको हो । सुरुमा दाहाल नेतृत्वको सरकार माओवादी केन्द्रसँगै नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी नागरिक उन्मुक्ति पार्टीको समर्थनमा गठन भएको थियो । तर, यो गठवन्धन लामो समय रहन सकेन । राष्ट्रपति निर्वाचनसम्म पुग्दा नपुग्दै प्रधानमन्त्री दाहाल कांग्रेससँगको सहकार्यमा जोडिए । जसका कारण पुस २६ मा पहिलो पटक विश्वासको मत लिएका उनले चैत ६ मा दोस्रो पटक विश्वासको मत सिद्ध गर्नुपर्यो ।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग सत्ता भागबन्डामा सहमति नजुटेपछि नेकपा एमाले सहितका दलहरूको समर्थनमा तेस्रो ठूलो दलका अध्यक्ष दाहाल प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । गत वर्षको मंसिरमा सम्पन्न चुनावमा उनको दलले कांग्रेससँग चुनावी तालमेल गरेको थियो । उक्त गठबन्धनमा सामेल एमालेबाट अलग भएको माधवकुमार नेपाल नेतृत्वको दलसहित कूल पाँच दलले चुनावी तालमेल गरेका थिए । तर, ६८ वर्षका प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री बन्ने आफ्नो आकांक्षा पूरा गर्न नयाँ गठबन्धन रोजेका थिए । अहिले उनले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत, लोसपा, नाउपा, आजपा, नेसपा, जनमोर्चा गरी १० दलीय गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् ।
देशको भाग्य र भविष्य निर्माण गर्ने भनेको नै राजनीतिक दल र तिनका नेताहरूले हो । अरू आएर गर्ने होइन । सबैभन्दा पहिला नेतामा इमानदारी हुनुपर्छ । त्यसो भयो भने मात्र आशा गर्ने ठाउँ हुन्छ । राजनीतिलाई सबैले सेवा भावले हेर्नुपर्छ । राजनीतिका नाममा कमाउने धन्दा चल्यो भने देश बर्बाद हुन्छ । यो कुरामा सबै सचेत बन्न जरुरी छ । राजनीतिमा गलत कार्य हुन थाल्यो भने जनताले विश्वास गर्दैनन् ।
सत्ता सहकार्यमा क्रमभंगता गरेका प्रधानमन्त्री दाहालको एक वर्षे सत्ता सञ्चालनको समग्र रुझान, प्रयत्न र परिणाम सुरुवातमा उत्साहजनक देखिए पनि पछिल्लो समय शिथिल देखिन्छ । उनका सहयात्रीहरूको कामले पनि आमजनतामा खासै उत्साह ल्याउन सकेको छैन । दाहाल सरकारका मन्त्रीको काम भरोसा जगाउने खालको नभएको भन्दै सम्बन्धित पार्टीभित्रै व्यापक असन्तुष्टि रहेको पाइन्छ । तेस्रो पटक देशको बागडोर सम्हाल्दै गर्दा उनले देखाएको सक्रियताले धेरैलाई यसपटक केही गर्छन् भन्ने विश्वास जागेको थियो ।
सुरुवाति चरणमा केही ठूला भ्रष्टाचार काण्ड र संलग्नहरूमाथिको कठोर अनुसन्धानले उनीप्रति केही भरोसा राखेका थिए आमजनमानसले तर उनको त्यो सक्रियता र हुटहुटी भने बिस्तारै स्खलित हुँदै गयो । समयसँगै उनी कमजोर देखिए । विकास र समृद्धिमा लाग्नुपर्ने सरकार राजनीतिक मुद्दामा मात्रै बढी केन्द्रित भएको देखियो । लोकतन्त्रको रक्षा, अर्थतन्त्रमा सुधार, सुशासनका लागि संरचनात्मक सुधार, सामाजिक न्यायका लागि ठोस कदम, परराष्ट्र नीतिलगायतका महत्वपूर्ण विषयमा सरकारले उल्लेखनीय कार्य गर्न सकेन ।
देशको भाग्य र भविष्य निर्माण गर्ने भनेको नै राजनीतिक दल र तिनका नेताहरूले हो । अरू आएर गर्ने होइन । सबैभन्दा पहिला नेतामा इमानदारी हुनुपर्छ । त्यसो भयो भने मात्र आशा गर्ने ठाउँ हुन्छ । राजनीतिलाई सबैले सेवा भावले हेर्नुपर्छ । राजनीतिका नाममा कमाउने धन्दा चल्यो भने देश बर्बाद हुन्छ । यो कुरामा सबै सचेत बन्न जरुरी छ । राजनीतिमा गलत कार्य हुन थाल्यो भने जनताले विश्वास गर्दैनन् । पछिल्लो समय राजनीतिप्रति आमजनताको वितृष्णा बढ्दो छ । अब राजनीतिक दल र तिनका नेताहरूले गम्भीर भएर सोच्नुपर्छ । मुलुकको विकास, सुशासन र समृद्धिको मार्ग अगाडि बढाउनु आजको आवश्यकता हो । यसतर्फ सबैको ध्यान जान जरुरी छ ।
मुलुक सबै हिसाबले कमजोर बन्दै गइरहेको अवस्था छ । गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा र रोजगारी आमजनताको प्राथमिकताको विषय बन्नुपर्छ । राजनीतिक दल र तिनका नेताहरू यो विषयमा गम्भीर बन्नुपर्छ । आफ्नै स्वार्थ र अवसरका लागि नेताहरू दौडधुपमा छन् । यसरी मुलुक बन्दैन । गलत प्रवृत्तिले राजनीतिलाई विकृत र कमजोर बनाइदिएको छ । राजनीतिक दल र तिनका नेताको गलत संस्कार र भ्रष्ट प्रवृत्तिमा सुधार आउनुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई बलियो बनाउन लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा आउनुपर्छ ।
वर्तमान गठबन्धन सरकारसँग जनताका तमाम समस्या समाधान गर्ने र विकासका स्पष्ट योजना ल्याउने कुनै भिजन नै देखिएको छैन । उल्टो जनता मारमा पर्नेगरी महँगी बढेको बढै छ । बढ्दो महँगीका कारण जनता बिहान र बेलुकी के खाऊँ भन्ने समस्याले सताइन थालेका छन् । सरकारले जनताको मन जित्ने गरी काम गर्न नसकेकै हो । सरकारले गतिका साथ काम गर्न नसक्दा जनता निराश छन् । यो सरकार तथा राजनीतिक दलका लागि अशुभ संकेत हो । यसमा उनीहरूले गम्भीरतापूर्वक सोच्नुपर्छ । जनताको समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ । सरकारको असफलताका कारण आमजनतामा निराशा उत्पन्न भएको छ । शासकमा नैतिकता इमानदारी र पारदर्शिता हुनुपर्छ । शासक र राजनीतिक दलका नेता भ्रष्ट हुनु हुँदैन ।
नेताले भ्रष्ट चरित्रमा सुधार गर्नैपर्छ । स्वास्थ्य र शिक्षामा भइरहेको माफियाकरण रोक्नुपर्छ र स्वास्थ्य र शिक्षा सामान्य तथा गरिब जनताको पहुँचमा आउन सक्ने बनाउनुपर्छ । जनतालाई अत्यावश्यक सेवा सुविधा दिने र जनतामा आशा जगाउने कार्यको नेतृत्व सरकारले नै गर्नुपर्छ । राजनीतिमा विसंगति र विकृति मौलाउँदै जाँदा समस्या उत्पन्न भएको छ । यो समस्या समाधानका लागि जनता पनि जागरुक र सचेत बन्दै जानुपर्ने आवश्यकता देखिएको छ । देश र जनताको पक्षमा खुलेर काम गर्न नसक्दा दलहरू अप्रिय बन्दै गएका छन् ।
राजनीतिक दल र तिनका नेताहरूले देश र जनताको पक्षमा राम्रो काम गर्न नसक्दा जनताले दलभन्दा राजतन्त्र नै ठीक हो कि भन्न थाले । तर, यो परिस्थिति भने आउन दिनु हुँदैन । दल र तिनका नेताहरूले आफ्नो छवि सुधार्दै जानुपर्छ । जे जस्तोसुकै भए पनि जनताका प्रतिनिधि भनेका दलका नेताहरू नै हुन् । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो ।
राजनीतिक दलका नेता भ्रष्टाचारमा लिप्त हुन पुगे । स्वच्छ छवि भएका नेता भेटिन कठिन हुँदै गएको छ । नेताहरूमा रातारात नवधनाढ्य बन्ने प्रतिस्पर्धा चल्दै गयो । यसले राम्रो संकेत देखाएको छैन । सर्वसाधारण जनताले आफ्ना प्रतिनिधिको क्रियाकलाप नजिकबाट हेर्न विवश छन् । दल गलत क्रियाकलापमा उद्यत रही जनताबाट आलोचित भइराखेको अवस्था छ । अबका निर्वाचनमा नेपाली जनताले सबै फैसला गर्नेवाला छन् । सत्तामा पुगेका दलको प्रभाव नकारात्मक बनिराखेको अवस्था छ । सत्ता स्वाथर्मा परिणत भएका राजनीतिक दलबाट देशको अवस्था अझै अस्तव्यस्त बन्ने देखिँदै गएको छ । दलको व्यक्तिगत र दलगत स्वार्थकै कारण देश अघि बढन सकेको छैन ।
यो सबै परिस्थितिको आमन्त्रण हाम्रा नेताबाटै भएको हो । नेपाली जनताले यो सूक्ष्म ढंगले हेरिरहेका छन् । देश पछाडि पर्नमा हाम्रा प्रायः सबै दल र दलसँग सम्बन्ध भएका नेता जिम्मेवार देखिएका छन् यसलाई स्वीकार गर्नुपर्दछ । यो परिस्थिति देशवासीले भोगिराखेको अवस्थामा यी सबै दलले आफ्ना मतदातासमक्ष आत्मालोचना गर्नुपर्ने हो । सत्ता स्वार्थकै कारण दलहरूले लामो समयसम्म संविधान बनाउन सकेनन् । दोस्रो संविधानसभाबाट बल्लबल्ल संविधान बन्यो । संविधान जारी हुँदा उत्पन्न हुन सक्ने परिस्थितिको सही आँकलन पनि दलहरूले गर्न सकेनन् ।
विगतमा सत्ता लम्ब्याउने चालकै रूपमा मधेशवादी आन्दोलनका माग सहजै स्वीकार गरिदिए, संघीयता दिए, आर्थिक पक्षलाई बेवास्ता गर्दै तयार पारिएको समावेशी नीतिलाई कार्यान्वयनमा लगे, ८१ प्रतिशत हिन्दू भएको देशलाई रातारात धर्म निरपेक्ष बनाइदिए, देश धर्म निरपेक्ष बनाइदिँदा क्रिस्चियनलाई प्रसन्न बनाए । जसकारण देश अस्तव्यस्त भयो, सीमित व्यक्ति मोटाए तर जनताको अवस्था भने हिजो जस्तो थियो अहिले पनि त्यस्तै छ । दिनभरि काम गरेर बालबच्चाको लालनपालन गर्नेको अवस्था दयनीय छ । राजनीति नेताहरूका लागि स्वार्थ सिद्ध गर्ने माध्यम मात्र भएको छ ।
समाजको विकास नभई देशको विकास हुन सक्दैन । राजनीतिक दल र तिनका नेताहरू सबैभन्दा पहिला इमानदार हुनुपर्छ । इमानको राजनीतिले नै देशलाई अघि बढाउन सकिन्छ । इमानको राजनीति भनेको सफलताको कडी हो । जनविश्वासमा आधारित बनेर गरेको राजनीति टिकाउ र दिगो हुन्छ । राजनीतिक दल र तिनका नेताहरू देशप्रति संवेदनशील बन्नुपर्छ ।
यसअघि, शासन सञ्चालन गर्दा पटक-पटक परीक्षण भइसकेका पुराना नेताबाट देश अघि बढ्न नसक्ने भयो । देशमा दलीय सहमतिमा भ्रष्टाचार संस्थागत भएको छ । राजनीतिक दलका शीर्षस्थ नेताहरू आफ्ना कार्यकर्ता, नजिकका इष्टमित्रहरूको पक्षपोषणमा मात्र सीमित छन् । व्यक्तिगत स्वार्थ सिद्ध गर्न सबै प्रकारले समझदारी गर्न अभ्यस्त छन् ।
राजनीतिले जब सिद्धान्त, आदर्श, मूल्य, मान्यता र जनताप्रतिको प्रतिबद्धतालाई अस्वीकार गर्दै अघि बढ्छ सबै पक्ष अस्तव्यस्त हुन्छ, अहिले देश यही अवस्थाबाट गुज्रिराखेको छ । व्यक्तिगत स्वार्थ सिद्ध गर्न राजनीतिलाई व्यापार बनाइएको छ । यसरी देश अघि बढ्दैन । यस प्रकारका गलत प्रवृत्तिलाई समाप्त गर्न जनता उठनुपर्ने हुन्छ । यदि देश बनाउने हो भने राजनीतिक दल र तिनका नेताहरू देशप्रति इमानदार हुन जरुरी छ । अहिले पहिलाजस्तो निष्ठाको राजनीति छैन । नेताहरूको आचरण र व्यवहारमा कुनै परिवर्तन आउन सकेको छैन । जनताको विश्वास जित्न निष्ठाको राजनीति चाहिन्छ । निष्ठाको राजनीतिले नै देशलाई अघि बढाउँछ । राजनीति भनेको समाजसेवा हो तर नेपालमा राजनीतिलाई व्यापारजस्तो बनाइएको छ । यसले गर्दा देश बिग्रिएको हो । देशको विकास हुन नसकेको कारण पनि यही हो ।
समाजको विकास नभई देशको विकास हुन सक्दैन । राजनीतिक दल र तिनका नेताहरू सबैभन्दा पहिला इमानदार हुनुपर्छ । इमानको राजनीतिले नै देशलाई अघि बढाउन सकिन्छ । इमानको राजनीति भनेको सफलताको कडी हो । जनविश्वासमा आधारित बनेर गरेको राजनीति टिकाउ र दिगो हुन्छ । राजनीतिक दल र तिनका नेताहरू देशप्रति संवेदनशील बन्नुपर्छ । अनि मात्र देशले प्रगति गर्छ । निष्ठाको राजनीति नहुनाले राजनीति दूषित बनेको छ । दूषित राजनीति व्यक्तिको लाभ र स्वार्थसँग सम्बन्धित हुन्छ भने निष्ठाको राजनीति आमनागरिक र राष्ट्रकै हित र स्वार्थमा केन्द्रित रहन्छ । पछिल्लो समयमा स्वार्थको राजनीति मौलाउँदै आएको छ । यसको कारण पनि व्यक्तिमा निहित लोभ लालच र स्वेच्छाचारिता नै हो । सेवा भावनाले अभिप्रेरित भई राजनीतिमा समर्पित रहने व्यक्ति निष्ठावान् हुन्छन् ।
कसैले राजनीतिलाई आर्जनको पेसा बनाउने गरेका छन् । त्यस्तो उद्देश्य लिएर राजनीतिमा लागेका व्यक्तिले नै राजनीतिलाई दूषित बनाएका छन् । लोकतन्त्रमा निष्ठाको राजनीतिले आमनागरिकको भावनालाई सम्बोधन गर्छ । दलहरूले निष्ठाकै राजनीति गर्नुपर्छ । नागरिकलाई आकर्षित गर्ने भनेको निष्ठाको राजनीतिले हो । पछिल्लो समयमा स्वार्थको राजनीति बढेर गएको छ । निष्ठाको राजनीति ओझेलमा पर्दै गएको छ । क्षणिक लाभ र स्वार्थको राजनीति गर्ने अवसरवादी व्यक्ति नै राजनीतिक वृत्तमा अगाडि छन् । यस्ता व्यक्तिको राजनीतिक उद्देश्य नै आर्जन गर्ने हो । तिनीहरूले देश र जनताको पक्षमा केही सोच्दैनन् । निष्ठाको राजनीति सधैँ सकारात्मक कार्यतर्फ उन्मुख हुन्छ ।
निष्ठावान् राजनीतिज्ञको मनमस्तिष्कमा कपट हुँदैन । निष्ठाको राजनीति सामाजिक जीवनस्तर सुधार गर्नमा केन्द्रित रहन्छ भने स्वार्थको राजनीति व्यक्तिगत लाभमै सीमित रहन्छ । ‘हङ पार्लियामेन्ट’को लाभ उठाउँदै प्रधानमन्त्री बनेका दाहालको यो एक वर्ष कुनै उत्साहजनक देखिएन । १२औँ पटक मन्त्रिपरिषद् पुनर्गठन भयो । यो एक वर्षभर सत्ता स्वार्थमा आधारित राजनीतिक चलखेल भइरहृयो । यसको असर संसद् र सरकारको कार्यसम्पादनमा परेको छ ।
देशको नेतृत्व गर्नेले व्यक्तिगत र पार्टीगत स्वार्थका साथै राजनीतिक दाउपेच एवं भागबण्डाभन्दा माथि उठेर साँच्चिकै देश र जनताको पक्षमा काम गरेर आफूलाई प्रमाणित गर्नुपर्दछ तर हामीकहाँ त्यस्तो भएको पाइँदैन । नेताहरूका हरेक क्रियाकलापलाई आमजनताले नजिकबाट नियालिरहेका छन् जसकोे हिसाबकिताब निर्वाचनमार्फत उनीहरूले मज्जाले गर्ने नै छन् । चरम निराशामा उनीहरूले यति बेला आफ्नो आशाको दियो खोजिरहेका छन् । त्यो दियो को बन्छ यो भविष्यले नै बताउनेछ । यो चरम निराशाले कतै गलत बाटो त समात्ने होइन ? यसतर्फ सचेत नागरिक चनाखो हुन जरुरी छ । (लेखक डा. उपाध्याय हिटा स्तम्भकार हुनुहुन्छ र बिभिन्न बिद्यामा उहाँको नाम गिनिजबुकमा अभिलेखबद्ध छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच